पोखरा १४ भदौ । यहि भदौ १६ गतेदेखि २५ गते सम्म आयोजना हुन लागेको सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा आयोजित मिनीम्याराथुनमा लमजुङका रोशन गुरुङ प्रथम भएका छन् । बुधबार सम्पन्न १० किलोमिटर मिनीम्याराथुनमा ३७मिनेट ४८ सेकेण्डमा दूरी पूरा गर्दै प्रथमभएकाहुन् ।
त्यस्तै पोखरा मिरुवाका संदिपविक दोस्रो तथा सिम्पानी पोखराका सरोज थापा तेस्रो स्थानभए । त्यस्तै दोस्रो र तेस्रो हुने विक र थापाले क्रमश ३८ मिनेट ३० सेकेण्ड तथा ३९ मिनेट ४० सेकेण्डमा पुरा गरेकाथिए ।
मिनीम्याराथुनको विजेताले दशहजार नगद पुरस्कार र प्याराग्लाईडिङको टिकट जितेका छन । दोस्रो हुनेले नगद सातहजार र जिप फ्लायरको टिकट पाएका छन भने तेस्रो हुनेले नगदपाँचहजार जितेका छन् । त्यस्तै सान्त्वना स्थान प्राप्त गर्ने तीन जनालाई एक हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
आन्तरिक तथा बाह्यपर्यटकलाई आकर्षित गर्न आयोजना गरिएको सराङ्गकोट पर्यटन महत्सवको प्रचारप्रसारका लागि महोत्सवको पूर्वसन्ध्यामा मिनीम्याराथुन आयोजना गरिएको हो । पर्यटन दौडमा ७८ जना स्वेदेशी तथा पाँच जना विदेशीले सहभागिता जनाएका थिए ।  मिनीम्याराथुन पोखरा बागलुङ्गबसपार्क देखि सराङ्गकोट टपमा पुगेर सम्पन्न भएको थियो ।

 

LEAVE A REPLY