पोखरा, १९ साउन l राष्ट्रिय मानबअधिकार आयोगका सदस्य गोबिन्द शर्मा पौडेलले मानबअधिकार जनताले देखीने, सुनिने र अनुभुत गर्न सकिने हुनेपर्ने बताए ।  बिहीबार पोखरामा आयोजित राष्ट्रिय मानबअधिकार आयोग र शान्तिका लागी नागरीक समाजको संञ्जालले संयुक्त रुपमा आयोजना गरेको मानबअधिकार मुखी बिकास पद्धति र नागरीक समाजको अपेक्षा बिषयक अन्र्तक्रियामा बोल्दै सो कुरा बताएका हुन् । पौडेलले स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन हुनुपुर्व स्थानीयलाई दिएको आश्वासन लाई बेवास्ता नगरी जनताको अपेक्षा अनुसारको काम गर्न आवश्यक रहेको बताए ।

जनप्रतिनिधिले नेपालको संबिधानले दिएको अधिकारलाई कार्यन्वयन गर्दै स्थानीय तहको आवश्यकता हेरेर कानुन निर्माण गर्नुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय मानबअधिकार आयोग कास्कीकी निमित्त प्रमुख नितु गर्तौलाले हरेक बिकास निर्माणका काम मानबअधिकार मैत्री हुनुपर्ने र जनताले मानबअधिकार मय बाताबरणमा आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्ने बताइन् । कार्यक्रममा शान्तिका लागी नागरीक समाज संञ्जालका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष ढाकाराम पौडेलले नागरीकले मर्यादित रुपमा बाच्न पाउने अधिकारलाई पुरा गर्ने दायीत्व जनप्रतिनिधिको रहेको बताए ।कास्की बार एसोसीयसनका अध्यक्ष सोम बहादुर श्रेष्ठले स्थानीय तहलाई दिएको २२ वटा अधिकार कार्यन्वयन गर्नको लागी जति सक्दो चाडो कानुन बनाउन आवश्यक रहेको बताए ।

माछापुच्छ्रे गाँउपालीकाकी उपाध्यक्ष कृष्ण कुमारी दवाडीले केन्द्रले पठाएको कार्यादेश कार्यन्वयन गर्न चुनौति रहेको बताउदै अहिलेको अवस्थामा कर्मचारीलाई संघियता अनुरुपको मानबअधिकार मैत्री प्रशिक्षण दिन आवश्यक रहेको बताइन् । कार्यक्रममा महानगरपालीकाका वडा अध्यक्ष गाउँपालीकाका अध्यक्ष, उपाध्यक्ष, राजनितिक दलका प्रतिनिधि, नागरीक समाज, पत्रकार ,गैरसरकारी संस्थाका प्रतिनिधि लगाएतको उपस्थित रहेको थियो ।

LEAVE A REPLY