पोखरा १४ वैशाख । कास्कीको मादी गाउँ पालिका वडा नं. २ (साविक नामार्जुङ गा.वि.स. ताङतिङ) मा नेकपा एमालेको तर्फबाट सामाजिक अभियान्त एवं युवा नेता एक्काजंग गुरुङले वडा अध्यक्षमा आफनो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
जीवनको युवा अवस्थादेखि नै राजनीतिमा सक्रिया रहनुभएका उहाँ २६ वर्षकै उमेरमा वि.सं. २०५४ सालमा भएको स्थानिय निकायको चुनावमा नामार्जुङ्ग गा.वि.स.वडा नं. ४ को वडा अध्यक्षमा निर्वाचित भएर काम गर्नुभएको थियो । त्यसयता उहाँ नेकपा एमालेमा सक्रिया राजनीति गर्दै आउनु भएको छ ।
उहाँले आफनो उम्मेदवारीसँगै वडामा आफनो तर्फबाट विकासका योजनासमेत सार्वजनिक गर्नुभएको छ । उहाँले ताङतिङ गाउँ तथा समग्र मादी गाउँपालिका भित्र व्यवस्थित पक्की मोटर बाटो निर्माण गर्नेदेखि लिएर युवाहरुलाई स्वरोजगार बनाउन गाउँमा आधुनिक कृषि तथा पशुपालनलाई जोड दिनुभएको छ भने शिक्षा, स्वास्थ्य र ग्रामिण पर्यटनलाई व्यवस्थित गर्न पूर्वधार विकासमा समेत जोड दिनुभएको छ । यसपटक पनि आफनो जित सुनिश्चित रहेको उहाँको दावी छ ।
हाल तमु प्ये ल्हु संघको केन्द्रिय सदस्य समेत रहनुभएका उहाँ तमु प्ये ल्हु संघको युएई शाखाको संस्थापक अध्यक्ष हुनुहुन्छ भने अहिले उहाँकै नेतृत्वमा ताङतिङ गाउँमा ५० लाखको लागतमा गुरुङ जातिको पवित्रा धार्मिक केन्द्र क्होइबो धीं निर्माणधिन अवस्थामा रहेको छ । यस अघि उहाँले वडा अध्यक्ष हुँदा एक टोल एक सार्वजनिक शौचालयको अवधारण गाउँमा ल्याएर गाउँको विकास र सरसफाईमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।

LEAVE A REPLY