पोखरा, १८ चैत l माओवादी केन्द्र माछापुच्छ्रे गाउँपालिका वडानं ८ ल्याङको शुक्रवार सम्पन्न प्रथम वडा अधिवेशनले शिवप्रसाद भण्डारीको अध्यक्षतामा वडा कमिटि चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा शिव दाहाल, सचिव चन्द्रवहादुर विक, कोषाध्यक्ष यशोदा दाहाल तथा सहसचिव सुर्य दाहाल छन् । सदस्यहरुमा शान्तीकुमारी सुवेदी, उजेली नेपाली, दुर्गामान विक, शेरवहादुर विक, मिनवहादुर क्षेत्री, ईन्द्रवहादुर नेपाली, दिलकुमार तामाङ, गेजराज आचार्य, खिमलाल लामिछाने, देवी विक, खुशीमान नेपाली, प्रकृति अधिकारी, भक्तवहादुर विक, पार्वती विक, धनवहादुर गुरुङ र भुवन तामाङ्ग छन् ।
कमिटिको सल्लाहकारहरुमा जिवनाथ लामिछाने, कुलप्रसाद अधिकारी र दिपकुमारी तामाङ्ग छन् ।
पार्टीका पोलिटव्युरो सदस्य तथा जिल्ला सहइन्चार्ज रामजी वराल(जिवन)को प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा वोल्दै नेता जिवनले सिँहदरवारमा सिमित अधिकार अहिले जनताको घर आँगनमा आएको भन्दै माओवादीले उठाउँदै आएको शासन सत्ता परिर्वतनको एजेण्डा पुरा भएको वताए । एमाले साच्चै राष्ट्रवादी हुन खोजेको हो भने त्यो सहनियनै रहेको भन्दै नेता बरालले विगतमा महाकालीमा उसले गरेको राष्टघातलाई गल्ती भएको भनेर सार्वजनिक रुपमा स्विकार गर्न एमालेलाई चुनौती दिए ।
कार्यक्रमा माछापुच्छ्रे गाउँपालिकाका संयोजक नवराज भण्डारी, पार्टी केन्द्रीय सदस्य राम गिरी, जिल्ला सदस्य भिमप्रसाद गौतम, श्याम दाहाल लगायतले अधिवेशन सफलताको शुभकामना राखेका थिए । जिवनाथ लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा शिव भण्डारीले संचालन तथा चन्द्रवहादुर विकले स्वागत गरेका थिए।

LEAVE A REPLY