पोखरा, १९ चैत l माओवादी केन्द्रले पोखरा लेखनाथ महानगरपालिकाका विभिन्न वडाहरुका अधिवेशनलाई तिर्वता दिएको छ । यसैक्रममा शनिवार वडा नं १३ र २२ को प्रथम वडा अधिवेशन सम्पन्न भएका छन् । वडा नं १३ मा तिलकवहादुर गुरुङको अध्यक्षतामा २५ सदस्यिय वडा कमिटि सर्वसम्मत निर्वाचित गरेको छ ।
कमिटिको उपाध्यक्षमा देवराज पौडेल, सचिव चित्रवहादुर विक, कोषाध्यक्ष महमद फारुप तथा शान्ति रानाभाट सहसचिव हुनुहुन्छ । सदस्यहरुमा सविता पौडेल, सत्या खनाल, मंगलवहादुर नेपाली, दिववहादुर विक, सकुन्तला परियार, गीता वराल, ईन्द्रराज बराल, वसन्त बराल, राजु बराल, खिमवहादुर भुजेल,आसमा खातुन, शिव सुनार, प्रविण विक, अमृता विक,नवराज बराल, विक्रम सुनार, टीका बराल, मुना थापा र सुरज गुरुङ छन् । अधिवेशनले विरजंग गुरुङको अध्यक्षतामा ९ सदस्सिय सल्लाहाकार समिति समेत गठन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पार्टी पोलिटव्युरो सदस्य लोकवहादुर थापाले माओवादीको पक्षमा देशभर जनलहर देखिएकोले आगामि चुनावमा माओवादीको जित सुनिश्चित रहेकोले सोही अनुसार परिचालित हुन कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा पार्टी जिल्ला ईन्चार्ज राजकाजी तमु(करण), केन्द्रिय सदस्हरु मिन तमु, सोमती तमु, सरोज वराल, क्षेत्रनं २ का गायत्री तमु, प्राध्यापक तारा बराल, जिल्ला सदस्य गोविन्द घिमिरे, देवराज पौडेल, चित्र विक, विरजंग गुरुङ लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरि पोखरा लेखनाथ महानगरपालिका वडा नं २२ पुम्दीभुम्दीको पहिलो वडा अधिवेशनले नवराज बरालको अध्यक्षतामा ३१ सदस्यिस वडा कमिटि निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा गोमा पौडेल, सचिव कृष्णप्रसाद बराल, कोषाध्यक्ष कमला बराल र सहसचिव नरवहादुर खड्का छन् । सदस्यहरुमा प्रसाद गुरुङ, कल्पना रसाईली, उदयवहादुर खत्री, केशववहादुर थापा, नारायणवहादुर खड्का, रामजी पौडेल, महेन्द्रराज वास्तोला, निर्मलवहादुर भुजेल, कल्पना बराल, राजेन्द्रप्रसाद बराल, धुर्व पौडेल, सीता विक, झ्यापवहादुर विक, दलवहादुर विक, प्रेमकुमारी परियार, ईश्वरी लामिछाने, हरीराम पौडेल, राजकुमार गुरुङ र हेमराज बराल छन् । अधिवेशनले भुवानीप्रसाद बरालको संयोजकत्वमा हरीभक्त सुवेदी र मिनवहादुर वराल सदस्य रहेको ३ सदस्यिस सल्लाहकार कमिटि समेत गठन गरेको छ ।
कार्यक्रममा पार्टी पोलिटव्युरो सदस्य तथा जिल्ला सहइन्चार्ज रामजी बराल(जिवन)ले काँग्रेस÷ एमाले लगायतका दलहरु माओवादीको जोडवलले मात्र स्थानीयतहको निर्वाचनको एजेण्डामा आएको दावी गर्दै उनीहरुलाई अझैपनि परिर्वतनलाई स्विकार गर्न गाहे भैरहेको धारणा राखे । देशको परिर्वतनकामी र अग्रगामी पार्टी माओवादी केन्द्रमात्र रहेको भन्दै नेता वरालले देश वनाउने क्षमता र भिजन माओवादीमा मात्र रहेको विचार व्यक्त गरे । कार्यक्रममा केन्द्रिय सदस्यहरु केशव पौडेल, रामु गिरी, वडानं १७ का अध्यक्ष वेदनाथ भट्टराई, ढिकुरपोखरीका अध्यक्ष भेषराज पौडेल, कमला बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY