पोखरा, ३० चैत l नेकपा माओवादी केन्द्र पोखरा लेखनाथ महानगपालिका वडानं १० ले आसन्न स्थानीयतहको निर्वाचनलाई लक्षित गरेर १ सय १ सदस्सिय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
वडा कमिटिको सचिवालय बैठक ले कमिटी का अध्यक्ष रिम बहादुर छेत्री को सयोजकत्वमा निर्बाचन परिचालन समिती गठन गरेकोे हो । वैठकले बुथ कमाण्डर समेत तोकेको छ । कालिका मा बि को बुथ कमान्डरमा सुर्य बहादुर बानिया र किरन प्रसाद भटचान , वडा समितिको बुथ कमान्डर मा हिमालय बख्रेल र गणेश तिमील्सेना , कुडहर प्रा बि मा रिम बहादुर छेत्री र इच्चा बहादुर वाग्ले रहनुभएको छ ।
त्यसै गरी प्रचार प्रसार समिती मा सुर्य बहादुर बानिया र नबिन श्रेष्ठ तथा आर्थीक समितिमा श्री कान्त अधिकारी र गणेश तिमील्सेना छन् । उक्त निर्बाचन परिचालन समितिले २०७४ बैशाख २ गते बाट घरदैलो कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।

LEAVE A REPLY