इलाम, चैत २० – झापा ११ इलाममा जारी तेश्रो अन्तर्राष्टिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । रुपन्देही ११ लाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै झापा अन्तिम चारमा प्रवेश गरेको हो ।
अतिरिक्त समयसम्ममा पनि दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेलको टुंगो ट्राइब्रेकरबाट लागेको हो । ट्राइब्रेकरमा झापाका दिलेन लोक्ताम, सुरेन थापा, पुजन उपकोटी र कर्ण लिम्बुले गोल गरे । रुपन्देहीका तर्फबाटे विजय धिमाल, लक्ष्मण रुचाल र रोशन सेनले गोल गरेका थिए ।

@Ujyaaloonline

LEAVE A REPLY