पोखरा, १० बैशाख। नेपाल महिला संघ पोखरा लेखनाथ महानगरपालिका वडा इकाइ समिति–१० ले आयोजना गरेको छ महिने सिलाई कटाई तालिम आज सम्पन्न भयो।

महिलाई सिप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्ने उदेश्यले तालिम आयोजना गरिएको हो। तालिममा १८ महिला सहभागी थिए।

तालिम समापनमा सहभागीलाई प्रमाण पत्र वितरणगर्दै सांसद शारदा पौडेलले समाज रुपान्तरणका लागि महिला शशक्त बन्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देल, अनिता तिमिल्सिना, वडा नं १० का वडाध्यक्ष उम्मेद्वार राजकुमार गुरुङ, सदस्य दिपक थापा, काँग्रेस इकाइ सचिव सम्मरबहादुर श्रेष्ठ, तरुण दल इकाइ सभापति वीरबहादुर गुरुङ, टोल विकास संस्था नगर समन्वय समितिका प्रथम उपाध्यक्ष उत्तम जोशी, गोरखा बराह ज्वेलर्सका प्रवन्ध निर्देशक हरि धमला, जनप्रिय समाज वातावरण सुधार समितिका सचिव मोहनप्रसाद गुरुङ, प्रशिक्षक गायत्री नेपाली र प्रशिक्षार्थी निर्मला श्रेष्ठले बोल्नु भएको थियो।

त्यसअवसरमा तालिमलाई सफल बनाउन सहयोग गर्ने गोरखा ज्वेलर्स, जनप्रिय समाज वातावरण सुधार समिति र प्रशिक्षक गायत्री नेपालीलाई सम्मान गरिएको थियो।

त्यस्तै, सहभागीमध्य प्रथम हुने सुमित्रा खाँड, द्वितिय हुने कुमारी पुन, तृतिय हुने निर्मला श्रेष्ठ, नियमित उपस्थित हुने पवित्रा गुरुङ र अनुशासनमा ध्यान दिने माया मास्केलाई पुरस्कृत गरिएको थियो।

नेपाल महिला संघकी इकाइ सभापति निशा मल्ल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रेनु गुरुङले स्वागत र सचिव निर्मला कार्की भण्डारीले सञ्चालन गर्नु भएको थियो।

LEAVE A REPLY