पोखरा, २१ चैत्र l घरेलु तथा साना उद्योग कार्यालय कास्कीको आयोजनातथा स्वस्तिक हस्तकला उद्योग पोखरा बगरको संयोजनमा १० दिनेउद्यमशिलता बिकास तालिम सम्पन्न भएको तालिमको समापन गर्दैघरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख थमनसिङ थापामगरले उद्यमशिलता तालिमले महिला दिदीबहिनीहरुलाई आत्मनिर्भरबनाउन तर्फ अगाडी वढाउने भएकाले तालिममा सिकेको सीपलाईब्यवहारमा उतार्नुपर्नेमा जोड दिए

सो अवसरमा वोल्दै तालिमका सहजकर्ता घरेलु तथा साना उद्योगकार्यालय कास्कीका यदुराम अधिकारीले तालिममा सिकेको सीपलाईअनुसरण गरी कास्कीमा अधिकांश महिलाहरु उद्यमी भएको वताउदै १०दिनको तालिमले तालिममा सहभागीहरुलाई सीप सिकाउन सफल भएकोवताउदै आगामी दिनमा तालिममा सिकेको सीपलाई अनुशरण गर्नतर्फ जोडदिए

सो अवसरमा वोल्दै तालिममा सहभागी एविना श्रेष्ठले तालिममा सिकेकोसीपलाई ब्यवहारमा उतार्दै सीपमुलक काम गरी आत्मनिर्भर बन्नतर्फअगाडी वढ्न आफुहरु लागी पर्ने वताइन चैत्र ११ देखि २० गते सम्मसञ्चालित तालिममा पोखरा क्षेत्रका विभिन्न भेगका २० जना महिलादिदीबहिनीहरुको सहभागीता रहेको थियो

कास्की पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराइको अध्यक्षतामासम्पन्न कार्यक्रममा कास्की पोखरा हस्तकला संघका सदस्य तथा महिलाउद्यमी मिलन शेरचन, पोखरा उद्योग वाणिज्य संघका कार्यसमितीसदस्य गीता तिवारी गौतम चिनु गुरुङ, आदिवासी जनजाति पत्रकारमहासंघ (फोनिज) कास्कीका अध्यक्ष एमबी आस्था मगर, सामुदायिकप्रहरी सेवा केन्द्र बगरका अध्यक्ष जीवन अधिकारी, टोल बिकास संस्थासमन्वय समिती बगरका अध्यक्ष चन्द्र बहादुर गुरुङ, तालिमका प्रशिक्षार्थीगीता शर्मा लगायले वोलेका थिए भने पोखरा उद्योग वाणिज्य संघकाकार्यसमिती सदस्य गोमा ढकालले धन्यबाद मन्तब्य ब्यक्त गरेकी थिइन

सो अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ कास्कीका नवनिर्वाचितअध्यक्ष एमबी आस्था मगर पत्रकार महासंघ (फोनिज)कास्कीकानवनिर्वाचित सदस्य गिता राना मगरलाई बधाइ तथा सम्मान समेतगरिएको थियो

@Ganthan

LEAVE A REPLY