पोखरा, २० चैत्र । महिला शशक्तिकरण संगै बोल्ने कला विकाश गर्ने उद्देस्यले पोखरा १५ स्थित ढुंगेसाँघु आमा समूहको आयोजनामा ३ दिवसीय उद्घोषणकला तालिम आईतबारबाट सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै थ्रीएन्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतमले समाज र राष्टको सम्बृद्धिको लगि महिलाहरु शशक्त हुनुपर्ने बताईन् । उनले महिलाको अधिकारको क्षेत्रमा आफू दुई दशक देखी अनवरतरुमा काम गदै आएको अनुभब सुनाउँदै आउँदो बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा महिलाहरुले महिलालाई सहयोग गर्नुपर्ने खाँचो औँल्याईन् । उद्धार रोकथाम र पुर्नःस्थापनाको माध्यमबाट मानव बेचविखनको अन्त्यका लागि आँफू हर–तरहले प्रयासरत रहेको उनको भनाई थियो । खत्रीले तालिमका क्रममा सिकेका कुरा व्यवहारमा प्रयोग गर्न अनुरोध समेत गरिन् ।
सो अवसरमा तल्लो सिमलबोट टोल विकास संस्थाका संस्थापक अध्यक्ष ललित बहादुर भण्डारीले थ्रीएन्जल्स नेपालले संचालन गरेका हरेक कार्यक्रम निकै प्रभावकारी रहेको बताए । वडा महिला समन्वय समिती १५ का अध्यक्ष पर्वती कार्कीले आफ्नै समुदायमा रहेको संस्था थ्रि एन्जल्स नेपालले अभिभावकीय भूमिका निर्वाह गरिरहेको भन्दै प्रसंसा गरिन् । कार्कीले अवको स्थानिय निवार्चनमा महिलाको उचित प्रतिनिधित्व हुनुपर्ने संर्वैधानिक व्यावस्था रहेको हुदाँ राज्यको हरेक निकायमा अर्थपुर्ण सहभागीता हुने विस्वास व्यक्त गरिन् । कार्यक्रमा समाजसेवी तथा तल्लो सिमलबोट टोल समन्वय संस्थाका अध्यक्ष टोप ब थापा ,समाजसेवी तोरण बानिँया , शिक्षक तथा समाजसेवी रामचन्द्र पोख्रेल , प्रेम ब थापा र बलराम पौडेलले बोलेका थिए ।
थ्री एन्जल्स नेपालको को सह आयोजना तथा र थ्रि एन्जल्स रेडियको सहयोगमा सञ्चालित उक्त तालिममा रेडियोका समाचार प्रमुख जीवन सुवेदी, कार्यक्रम प्रमुख प्रकाश अधिकारी, आशा कुँवर लगायतले सहजिकरण गर्नेछन् । आमा समूहको आग्रहपछि रेडियोले तालिमको व्यवस्थापन गरेको रेडियोका स्टेशन म्यानेजर गणेश श्रेष्ठले जानकारी दिए । ढुङ्गेसाघु आमा समुहका अध्यक्ष्ाँ पार्वती कार्की “जानुका” को अध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रममा सहसचिव सरु अधिकारले स्वागत मन्तव्य राखेकी थिईन् ।

LEAVE A REPLY