पोखरा ८ असार । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ वडा स्तरिय महिला समन्वय समितिको आयोजनामा १० दिने चुरामा क्रिष्टल भर्ने तालिम मंगलबारदेखि सुरु भएको छ। तालिममा वडा भित्रका २४ जना महिलाहरुको सहभागिता रहेको छ। तालिममा सिता भुषाल र एलिषा रोक्काले सहजिकरण गरेका छन्। तालिममा चुरा लगाएत टप, औंठी, सारी पिन लगाएतमा क्रिष्टल र पोते उन्न सिकाउने एलिषा रोक्काले वताईन।

तालिमको उद्घाटन वडा अध्यक्ष रामराज लामिछानेले गरेका थिए । उनले तालिममा सिकेको कुरा व्यवहारमा उतार्नु पर्ने वताउँदै वेरोजगार युवा तथा गृहणीहरुलाई सिप मुलक तालिम दिने वडाको प्राथमिकता रहने वताए।  सो अवसरमा नगर स्तरिय टोल विकास समन्वय समितिका प्रथम उपाध्यक्ष उत्तम जोशी, वडा नागरिक मञ्चकी अध्यक्ष सरु श्रेष्ठ, गोर्खाली रेडियोकी स्टेसन म्यानेजर खिमा गुरुङ, सामाजिक परिचालक भावना श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए ।

वेरोजगार, विपन्न गृहणीको क्षमता अभिवृद्धि तथा स्वरोजगार बनाउने उद्धेश्यले महानगरपालिकाको आर्थिक सहयोगमा तालिम संचालन गरिएको समितिकी अध्यक्ष दिलमाया गुरुङले वताईन्। वडा स्तरिय महिला समन्वय समितिकी अध्यक्ष दिलमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी गिरीले, संचालन सचिव विमला रानाभाटले गरेकी थिईन।

LEAVE A REPLY