पोखरा,२४ साउन । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ मा रहेको किराँत आमा समुहको आयोजनामा १५ दिने चुरामा क्रिष्टल भर्ने निशुल्क तालिम सम्पन्न भएको छ ।

तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो भने प्रशिक्षक द्धय सुप्रिया गुरुङ र सविना राईले सहजिकरण गरेका थिए । तालिममा चुरा लगाएत टप, औंठी, सारी पिन लगाएतमा क्रिष्टल र पोते उन्न सिकाईएको थियो।

सो अवसरमा महिला नेतृ सृजना शर्माले महिलालाई तालिम दिई आत्म निर्भर बनाउनु पर्ने आबश्यकता रहेको वताउँदै तालिमको अभावमा अरुको भर पर्नु पर्ने बाध्यता रहेको वताईन् ।

साथै उक्त कार्यक्रममा महिला समन्वय समितिकी अध्यक्ष दिलमाया गुरुङ, टोल विकास संस्था समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी लगाएतले तालिम लिएर वेरोजगार नहुन आग्रह गरेका थिए ।

किराँत आमा समुहकी अध्यक्ष विमला वान्तवाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव अनिता दर्लामीले गरेकी थिईन।

LEAVE A REPLY