पोखरा, १८ बैशाख । नेपाली काग्रेसका महासमिति सदस्य तथा पोखरा लेखनाथ महानगर पालिकाका मेयरका आकाक्षीं देवराज चालिसेले समग्र पोखराको विकास समृद्धि र पोखरालाई पर्यटकहरुको केन्द्र विन्दु बनाउनका लागि स्थानिय निर्वाचनमा नेपाली काग्रेसलाई जिताउने पर्ने बताएका छन ।

पोखरा लेखनाथ महानगर पालिका बडा नं ६बैदाम को चनाब प्रचार प्रसार सम्र्पक कार्यालयको सोमबार उद्घाटन कार्यक्रममा उक्त कुरा बताएका छन । पोखरा र पुरै कास्की जिल्लाको पर्यटकीय स्थलहरुको सदुपयोग गर्ने सकिरहेको छैन । तिनीहरुको सहि सदुपयोग गरि पाचँ बर्ष भित्र यस क्षेत्रको कायापलट गरि समग्र कास्की क्षेत्रलाई नै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने खुवी काग्रेसमा रहेको यूवा नेता चालिसे भनाइ रहेको छ ।

काग्रेसबाट मेयरपदको चुनाबको लागि जो आउछ राम्र्रो आउछ , जे हुन्छ राम्रो हुन्छ भन्दै राननैतिक भनेको सिधा रेखामा हिडदैन यो बक्र रेखामा हिडछ उने भने । जनताको मत बन्दुकको गोली भन्दा शक्तिशालि हुन्छ , मानिसले राजनितिका पैसा दिन्छ , समय दिन्छ र छोरी समेत दिन्छ तर तर आफ्नो भोट योग्य र इमान्दार पार्टी दिइएन्न भने भविष्यमा पछुताउनु बाहेका केही नहुने भन्दै उपस्थित सवैलाई आफ्नो विबेक प्रयोग गर्ने आग्रह गरे ।

पोखराको सौन्द्रर्यतालाई जोगाइ राख्न र आर्थिक विकास गर्नेका लागि नेपाली काग्रेसको लक्ष्य हो यसका लागि नेपाली काग्रेसका उम्मेदबार लाई जिताउनु उल्लेख गरे । पोखराको लेक साइड समग्र पोखराको पर्यटकीय महत्व बोकेको क्षेत्र भएकोले यस क्षेत्रमा विश्वका पर्यटकहरुले आउनेले हुनाले यस क्षेत्रको विकासको लागि योग्य र इमान्दार उम्मेदबार नेपाली काग्रेसको उठाएको छ भन्दै नेपाली काग्रेसका सम्पूर्ण उम्मेदबार लाई जिताउन उनको जोड रहेको छ । आफ्ना भनाईहरुलाई प्रचार प्रसारको क्रममा भन्दै नभनेका कुराहरुलाई जनता माझ गलत प्रचार प्रसार ने क पा एमालेका साथीहरुबाट भएको भन्दै झुटको खेति गर्ने कम्युनिष्टहरुको आचारण भएको हुदा काग्रेसका कार्यक्रर्ताहरुले यस्ता गलत प्रचार प्रसारलाई रोक्न र जनतामाझ नेपाली काग्रेसले गरेका राम्र्रा कामहरुलाई प्रचार प्रसार गर्ने आग्रह गरे ।

कार्यक्रममा नेपाली काग्रेसका पूर्व महामन्त्री तथा सभामुख तारानाथ रानाभाटले चनाव प्रचार प्रसार कार्यलयको उद्घाटन गर्दै संविधान सभा काग्रेसको मुख्य एजेन्डा भएकोले यसलाई कार्यन्वयन पनि नेपाली काग्रेसले गर्ने बताए । यहा रहेका कम्यूनिष्टहरुले भाषा, जात, धर्म र हिमाल तराई र पहाडका विचमा झगडा गराई विखन्डन गर्ने काम भएको भन्दै यस्ता कार्यलाई रोक्नका लागि पनि नेपाली काग्रेसलाई जिताउन आग्रह गर्दै आफ्ना भनाई राखेका थिए ।
उक्त कार्यक्रममा गुरुदत्त पहारी, सुनिलकुरार लामिछाने, हेमराज गिरी , गुन्जबहादुर श्रेष्ट र मनिस श्रेष्ट लगाएतका करिब १ सय ५० जना कार्यक्रताहरु ने क पा एमाले र नेकपा माओबादी पाटी परित्याग गरि नेपाली काग्रेसका प्रवेश गरेका गरेका छन ।

पोखरा लेखनाथ महानगर पालिका बैदाम ६का इकाई सभापति बलराम गिरीको सभाअध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र न ३ क्षेत्रिय सभापति बिजयराज आर्चाय, प्रचार प्रसार सहसंयोजक सन्तोष पौडेल, नव प्रवेशी गरुदत्त पहारी र इकाई सचिब शिशिर पहारी लगाएतका बक्ताहरुले समग्र पोखराका साथै बैदाम क्षेत्रको विकासका लागि नेपाली काग्रेसका उम्मेदबार जिताउन आग्रह गर्दै आफ्ना भनाई राखेका थिए ।

LEAVE A REPLY