काठमाडौं, जेठ १० l मलेसियासँगको दोश्रो मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय महिला टोली पराजित भएको छ । सुवान रंगशालामा बुधबार भएको मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टिम ४–१ ले पराजित भएको हो ।खेलको तेस्रो मिनेटमै पहिलो गोल खाएको नेपालले ४२ औं मिनेटमा अर्को गोल खाएको हो । यस्तै दोश्रो हाफको ५० औं मिनेटमा अर्को एक गोल खाँदै नेपाल ३–० ले पछि परेको थियो । ८२ औं मिनेटमा कप्तान सजना राना मगरले गोल गर्दै खेल ३–१ को स्थितिमा पुर्‍याइन् ।

तर खेल सकिन ४ मिनेट बाँकी छँदा मलेसियाले अर्को गोल ग¥यो र समग्रमा ४–१ ले विजयी भयो । यसअघि गत सोमबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो ।

२ महिनापछि हुने एसियन कप फुटवलको तयारीमा रहेको मलेसियाको निम्तोमा नेपाली महिला टोली २ वटा मैत्रीपूर्ण खेल खेल्न मलेसिया गएको हो ।

LEAVE A REPLY