योगमा श्वासप्रश्वासबारे अध्ययन तथा अभ्यास गरिन्छ । शरीरको प्रयोगशालामा श्वासलाई व्यावहारिक तरिकाले लामो अभ्यास गरिन्छ । सामान्य मानिसले एक मिनेटमा १५ पटक श्वासप्रश्वास गर्ने गर्छन् । जसलाई स्वरविज्ञान भनिन्छ । स्वरविज्ञानअनुुसार एक मिनेटमा श्वासलाई १५ पटकभन्दा बढाउँदा शरीरमा विभिन्न समस्या पैदा हुन सक्छ । श्वासप्रश्वास जति बढ्दै गयो रोग र अशान्ति बढ्दै जान्छ । श्वासप्रश्वासको पनि ताल, लय वा रिदम हुुन्छ । जसले जीवन र जगतलाई चलाउने काम गर्छ । जस्तो– कुुनै सिसा फुुटेको या कुुनै वस्तुु भाँचिएको कसैलाई मन पर्दैन । तर, सोही सिसा या वस्तुुलाई ताल मिलाएर आवाज निकाल्दा गज्जबको संगीत दिन सक्छ ।  यस्तै प्रक्रिया वा ताललाई श्वासमा जोडेर लयबद्ध वा तालबद्ध बनाएर जीवन सफल बनाउन सकिन्छ ।

विधि
यो उच्चकोटिको नाडीशोधन प्रक्रिया हो । यसको अभ्या

सले नाडीशोधन भन्दा पनि ठूलो काम गर्छ । यसको लागि सुरुमा सजिलो आसनमा बस्ने । त्यसपछि मनमनै ६ सम्म गन्दैै भित्र भएको श्वासलाई दुवै नाकले विस्तारै निकाल्ने । फेरि मनमनै तीन गन्दै श्वासलाई फोक्सोभित्र भर्ने । यस प्रक्रियालाई करिब ५ मिनेट जति गर्ने । ६÷३ प्रक्रियालाई छन्द, ताल, लय तथा मीठो संगीत वा भजनका साथ गर्न सकिन्छ । त्यसरी एकदम प्रेमपूर्वक राग–रागिनी, आरोह–अवरोह एक, दुुई, तीन, चार, पाँच, छ, …. गर्दै फेरि..एक….दुु….ई…..ती….न…..जप्दै जाने । यसरी श्वासलाई आरोह–अवरोह वा मीठो लयबद्ध बनाउँदै ६ गन्दा छिटो–छिटो र तीन गन्दा विस्तारै धैर्यपूर्वक, प्रेममय, अनि आनन्दपूर्वक गरी रहने । खाना खाएको केही समयबाहेक जति सकिन्छ गरिरहने ।

लाभ
यसलाई प्राणको साधना पनि भनिन्छ । यसको नियमित अभ्यासले प्राणमाथि विजय प्राप्त गर्न सकिन्छ । डिप्रेसनजस्ता मन–मस्तिष्कको समस्यालाई त यसले रामवाणको काम गर्छ । प्रायः मानिसहरू छिटो–छिटो बिर्सने, निद्रा, अनिद्रा, तनाव, मनको विक्षिप्तता, दुुर्वलता, अल्जाइमरका साथै पिनियल, पिट्युुटरी थाइराइड, पाराथाइराइड अनि थाइमस ग्रन्थीका समस्यालाई यो लाभदायक हुन्छ । त्यस्तै फोक्सो, मुुटुु ,इम्युुनिटी सिस्टम, अक्सिजन, ब्लड हर्मोन्स अनि नम्र्स सिस्टमलाई शक्तिशाली बनाउन पनि यसले सहयोग गर्छ ।  यसको सबैभन्दा ठूलो विशेषता आफूले आफ्नै आत्माको रिदम तथा तालको पहिचान गर्नु हो । लामो अभ्यासपछि विश्व आत्मा तथा तालको रहस्यलाई पनि बुुझ्नुु हो ।

@योगी पूर्ण श्रेष्ठ महामृत्युञ्जय योग केन्द्र, गौशाला

LEAVE A REPLY