पोखरा, १७ साउन l कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले आँफुले प्राप्त गरेको जिम्मेवारीलाई इमान्दारिताका साथ बहन गर्ने बताउनुभएको छ । मन्त्रीमा नियुक्त भए पछि पहिलो पटक आज गृहनगर पोखरा आउनुभएका मन्त्री थापाले आफ्नो राजनीतिक यात्रामा कस्केली जनताको अपार स्नेह रहेको बताउँदै पार्टीका शीर्षस्थ नेताहरूको सद्भावबाट आँफूले मन्त्री पदको जिम्मेवारी प्राप्त गरेको बताउनुभयो ।

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीका रुपमा थपिएको दायित्वलाई आत्मसात गर्दै अघि बढ्ने बताउँदै उहाँले राजनीतिमा जिम्मेवार एवम् निरन्तरको कृयाशिलताले अवसरहरू प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो । विपी कोइरालासँग अत्यन्त नजिक भएर काम गरेको अनुभव सुनाउँदै मन्त्री थापाले विपीले आँफूलाई प्रीय यज्ञ भनेर सम्बोधन गर्ने गरेको स्मरण गर्नुभयो ।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालिन समयमा २०३२ सालमा पोखराको मिजु होटलमा नेपाल विद्यार्थी संघ कास्कीको सचिव बनाउनुभएको बताउँदै उहाँले देउवाकै मन्त्रीमण्डलको सदस्यका रुपमा रहँदा आँफू गौरवान्वित भएको उल्लेख गर्नुभयो । निर्वाचन क्षेत्र निर्धारण आयोगले क्षेत्र निर्धारणको गृहकार्य थालेको बताउँदै उहाँले साविक निर्वाचन क्षेत्र घट्ने अवस्थामा पनि कास्की जिल्लालाई न्युनतम तीन निर्वाचन क्षेत्रबाट घट्न नदिन आँफू लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY