काठमाडौं, चैत २४ – मन्त्रिपरिषद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएर आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको हो ।

एक मन्त्रीका अनुसार विशेष कारणबस बैठक स्थगित गरिएको हो । उपप्रधानमन्त्रीहरु विमलेन्द्र निधि र कमल थापाको बरियता नमिल्दा चैत ३ गतेदेखि मन्त्रीपरिषद बैठक बस्न सकेको थिएन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले निधिलाई आफूपछिको बरियता दिनेगरि बिहीबार मन्त्रिपरिषद बैठक बोलाएपनि उपप्रधानमन्त्री थापाले त्यसमा असन्तुष्टी जनाएपछि बैठक आइतबारसम्मका लागि सारिएको मन्त्रीपरिषद श्रोतले जनाएको छ ।

वरियता विवादकै कारण चैत १० गते प्रधानमन्त्री दाहाल चीन भ्रमणमा जाँदासमेत कार्यवाहक नतोकी र भ्रमण अनुमोदन नगरी जानुभएको थियो ।

@Ujyaaloonline

LEAVE A REPLY