कास्की काँग्रेसको ¥याली सभागृहबाट

पोखरा, १५ कात्तिक। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि कास्की काँग्रेस ¥याली सहित जाने भएको छ।

कास्कीका तीन वटै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ता पोखरा सभागृहमा भेला भई ¥याली सहित निर्वाचन कार्यालय जाने कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए।

बाझाँगाजा सहित उत्साहजनक रुपमा उम्मेद्वारी दर्ता गरिने छ सदस्य सिग्देलले भने – ‘काँग्रेसभित्रको उत्साहले तरङग ल्याउँनेछ।’

यसैवीच, नेपाली काँग्रेस क्षेत्र नं १ कास्कीले बुधबार क्षेत्रीय प्रतिनिधिहरुको भेला गरी बिहान ११ बजे सभागृहमा पुग्ने गरी तयारी जुट्न सवैलाई आव्हान गरेको छ।

भेलामा महिला नेतृ सरस्वती गुरुङ, कास्की काग्रेसका जिल्ला सदस्य नवीन सिग्देल, महिला संघ पोखरा लेखनाथ सभापति माया बराल लगायतले निर्वाचन व्यवस्थापनका विषयमा बोलेका थिए।

नेपाली काँग्रेस क्षेत्र नं १ कास्कीका सभापति बृजमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव कृष्ण कोइरालाले संचालन गरेका थिए।

LEAVE A REPLY