लमजुङ, असार १ – मनाङमा बिहीबार दिउँसो जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । चार जना गम्भीर घाइते भएका छन् । उपल्लो मनाङबाट लमजुङ

बेँसीसहरका लागि छुटेको ग १ ज ६६०२ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो साढे २ बजे मनाङको नेस्याङ गाउँपालिका–१, पिसाङस्थित चौँदी खोलामा दुर्घटना भएको हो ।

१४ जना यात्रु बोकेको जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । उनको सनाखत हुन सकेको छैन । सह–चालकसहित अन्य तीन जना यात्रुको अवस्था गम्भीर रहेको स्थानीय सञ्चारर्की नेगम परियारले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य यात्रुको अवस्था भने सामान्य रहेको छ ।

गम्भीर घाइतेहरुलाई उपचारका लागि स्थानीय, प्रहरी र म्यादी प्रहरीको सहयोगमा जिल्ला अस्पताल चामे लगिएको छ । बाँकीको पिसाङमै रहेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जिप चालक आइत तामाङ भने फरार छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY