पोखरा,२६ साउन । स्याङजा मनकामनाको कुसुम भञ्याङमा तीन दिने उद्घोषण तथा महिला सशक्तिकरण तालिम सम्पन्न भएको छ । महिला सशक्तिकरण समुह मनकामना द्धारा आयोजित समापन कार्यक्रममा बोल्दै विशेष अतिथिहरु वडा नं. ७ र ८ का वडाध्यक्ष खड्ग गुरुङ्ग र प्रकाश थापाले यस्ता कार्यक्रमलाई आगामी वर्षमा पनि बजेट छुट्याउने प्रतिबद्धता ब्यक्त गरे । साथै उनीहरुले प्रशिक्षार्थीहरुमा छोटो समयमा आएको परीवर्तनको प्रशंसा समेत गरेका थिए । सहभागीको तर्फबाट सृजना रेग्मी, कमला गुरुङ्ग,ढकमाया गुरुङ्ग,कौमाया गुरुङ्गले आफ्ना अनुभब साट्दै तालिम निकै प्रभाबकारी भएको बताए । संचारकर्मी गोबिन्द थापा सिंजालीको सहजीकरणमा भएको कार्यक्रमको संचालन प्रशिक्षार्थीहरु रिता गुरुङ्ग र मनकुमारी गुरुङ्गले गरेका थिए भने समाज परिचालिका डिलमाया थापाले स्वागत मन्तब्य राखेका थिए ।

LEAVE A REPLY