शुरेस राज अधिकारी
पोखरा १८ वैशाख  l आदिवासी जनजाति पत्रकार महासंघ मञ्च कास्की शाखाले आयोजना गरेको स्थानिय तहको निर्वाचन र आम संञ्चार सहजिकरण कार्यक्रममा बोल्दै सहायक जिल्ला प्रशासन अधिकारी झलकराम अधिकारीले स्थानिय स्तरको चुनावमा मत बदर हुन नदिनु नै मुख्य उदेश्य रहेको बताएका छन् ।
उनले चुनावमा मत बदर हुने समस्या धेरै रहेको बताउदै यो समस्या न्युन गदै लैजानुपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघ नेपाल कास्की शाखा अध्यक्ष दिपेन्द्र श्रेष्ठले पछिल्लो क्रममाको राजनैतिक घटनाले चुनावलाई अहिले सम्म असर नगरेकोजानकारी दिए । उनले चुनाव नेताको लाागि भन्दा पनि जनताको लागि आवस्यक परेको बताउदै जनतालाई चुनाव चाहिएको बताए छन् । अध्यक्ष श्रेष्ठले जस्तोसुकै बाहाना बनाए पनि चुनाब तोकीएको समयमा नै चुनाब गराउनुपर्ने बताए ।
कार्यक्रम क्षेत्रिय निर्वाचन कार्यलय पोखरा, युएडीपी, पोखरा लेखनाथ महानगरपालिका र जिल्ला समन्य समिति कास्कीको सहयोग गरेको उक्त कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ मञ्च कास्की कोषाध्यक्ष उमा आले आदिवासी जनजाति पत्रकार महासंघ मञ्च कास्की शाखा अध्यक्ष एम बी आस्था मगर लगायतले भनाई राखेका थिए भने संस्थाका सचिव भुपाल गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा क्षेत्रिय निर्वाचन अधिकारी गंगाला सुबेदि, क्षेत्रिय निर्वाचन कार्यालय सहायक अधिकृत महेन्द्र सुबेदि र संचारकर्मी भरत कोइरलाले सहजिकारणको भुमीका खेलेका थिए । कार्यक्रममा निर्वाचन आचारसंहिता, मतदाता नामावली, मनोनयन दर्ता, समचार शम्प्रेसण लगायतका वारेमा प्रस्ट पारेका थिए ।

LEAVE A REPLY