ताप्लेजुङ ,९ मंसिर । जिल्लाको सदरमुकाममा रहेको भानु उच्च माविको मतदान स्थलमै बम बिष्फोट भएको छ ।आइतबार हुन लागेको प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि मतदान केन्द्र निर्माणमा कर्मचारी जुटिरहेकै समयमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ।

मतदाता लाइन लाग्ने ठाउँ बनाउनका लागि बाँस गाड्ने क्रममा जमिनमुनि गाडिराखेको बम विस्फोट भएको मतदान केन्द्रका मतदान अधिकृत कुवेर नेपालीले बताए । ठूलो आवाजसहित बम विस्फोट भए पनि मानवीय क्षति भने भएको छ्रन । तर, नजिकै मतदाता परिचय पत्र वितरण गरिरहेका कर्मचारीको श्रवण शक्तिमा भने समस्या आएको अधिकृत नेपालीले जानकारी दिए ।

काम गरिरहेको समय बम पड्किएपछि काम छाडेर कर्मचारी कार्यस्थलबाट बाहिर निस्किएका छन् । बम विस्फोटका कारण कर्मचारीमा मानसिक रुपमा काम गर्न तयार नभएको र केही कर्मचारीको श्रवण शक्तिमा समस्या भएका कारण सुरक्षा निकाय र मुख्य निर्वाचन अधिृतको कार्यालयले काम गर्ने वातावरण तयार नभएसम्म काममा फर्कने अबस्था नरहेको मतदान अधिकृत कुबेर नेपालीले बताए । अहिले बम विस्फोट भएको स्थानको नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ ।

  • onlinekhabar.com

LEAVE A REPLY