काठमाडौं, जेठ १४ l सरकारले आगामी आर्थिक वर्षको राजश्व र व्ययको विवरण (बजेट) व्यवस्थापिका–संसदमा सोमबार दिउँसो ४ बजे प्रस्तुत गर्ने भएको छ ।  उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनसमक्ष १२ खर्ब रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गर्ने अनुमान गरिएको छ ।

राष्ट्रिय योजना आयोगले ११ खर्ब ५६ अर्ब रुपैयाँको बजेट सीमा तोकेको थियो । नेपालको संविधान जारी भएपछिको यो दोस्रो बजेट हो । बजेटले संविधान कार्यान्वयन, निर्वाचन, ऊर्जा, पूर्वाधार, कृषि विकास, शिक्षा, स्वास्थ्य, गरिबी निवारणलगायत विषयलाई उच्च प्राथमिकतमा राखेर बजेट पेस गर्नेछ ।

गत वर्षको तुलनामा यो वर्ष स्थानीय तहमा अधिक रकम विनियोजन गरेर बजेट बनाइएको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा. डा. पुण्यप्रसाद रेग्मीले जानकारी दिनुभयो । – रासस

LEAVE A REPLY