१८ वैशाख, काठमाडौ । निर्वाचन आयोगले भोलिका लागि तय भएको उम्मेदवारी दर्ता गर्ने पूर्वनिर्धारित कार्यक्रममा कुनै फेरबदल नभएको बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आयोगको तर्फबाट सोमबार यस्तो आहृवान गरेका हुन् । आयोगले भोलि मंगलबार निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दल र आम मतदातालाई उम्मेदवारी दिने कार्यक्रममा सहभागी हुन आहृवान गरेको हो ।

सो क्रममा आयोगले नगरपालिकाको प्रमुख/उपप्रमुख तथा गाउँपालिका अध्यक्ष/उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान स्मरण समेत गराएको छ ।

यस्तै वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न स्मरण गराएको छ । आयोगले भोलि मङ्गलबार बिहान १० देखि ५ बजेसम्म हरेक स्थानीय तहस्थीत निर्वाचन केन्द्रमा उम्मेदवार मनोनयन दर्ता गर्ने जानकारी दिएको छ ।

यस्तै आयोगले निर्वाचन प्रचारप्रसार गर्दा अत्यन्त मर्यादित भएर गर्न सचेत समेत गराएको छ । निर्वाचन प्रचारका क्रममा सामाजिक मान, मर्यादालाई नबिर्सन आयोगले आग्रह गरेको हो । यस्तै आयोगले निर्वाचनको सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउनसबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

आयोगले निर्वाचनका लागि आवश्यक पर्ने सबै निर्वाचन सामग्री सम्बन्धित जिल्लामा पुर्‍याइसकेको समेत जनाएको छ ।

LEAVE A REPLY