सुरेशराज अधिकारी
पोखरा २१ चैत्र l माछापुच्छ्रे गाँपालिका तथा साविक सार्दिखोला एक भुर्जुङ्खोलामा नयाँ बर्ष मेलामा, खुल्ला भुर्जुङ्खोला तातोपानि माउण्टेन बाईक रेस प्रतियोगिता हुने भएको छ ।
ग्रीनफोर्स युवा क्लबको आयोजनामा आगामी वैशाख एक गते देखी पाँच गतेसम्म संचालन हुने मेला बईक प्रतियोगीता र १४ औँ बार्षिकोत्सब समारह राखेको क्लबले पत्रकार सम्मेलन गरेर सोमबार जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामप्रसाद गुरुङले भुर्जुङ्खोला स्थित रहेको माछापुच्छ्रे मा.वि मा आयोजना गरीएको जानकारी दिए । १३ किलोमिटर लामो बाईक प्रतियोगीतामा प्रथम, द्धितिृय र तितृय हुनेलाई क्रमश २०, १५, दश हजार सफल प्रतियोगी ५० जनालाई पाँच सय पुरस्कार प्रदान गरीने गुरुङ्ले बताए ।
क्लब स्तरीय भलिबल प्रतियोगीतामा प्रथम द्धितिय र सफल बिधा क्रमश ५०, ३० र १५ हजार पुरस्कार बितरण गरीने छ । बिधालय स्तरीय नृत्य प्रतियोगीतामा प्रथम द्धितिय, तृतिय, र शान्तवना हुनेलाई क्रमश २०, १५, दश र पाँचले पुरस्कृत गरीने आयोजकले जानकारी दिएको छ ।
म्युजिकल चियर प्रतियोगीतामा प्रथम, द्धितिय, तितृय र सान्तवना हुनेलाई क्रमश दूई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय पुरस्कार प्रदान गरीने प्रेस विज्ञप्तीमा उल्लेख गरीएको छ ।
मेलामा रक्तदान कार्यक्रम, लोकदोहोरी लागयका अन्य मनोरञ्जनका कार्यक्रमहरु समेत रहेको क्लबका सचिब देबेन्द्र भुजेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।
आन्तरिक तथा बाहय पर्यटनको प्रबद्धन, खेलकुदको बिकास, लोपन्मुख संस्कृतिको संरक्षण स्थानिय उत्पालको बिक्रि गर्ने मेलाको उदेश्य रहेको भुजेलले जानकारी दिए् ।
सचिब भुजेलले लागभग एक लाख आन्तरिक तथा बाह्य पर्यटकहरुले मेलाको अवलोकन गर्ने जानकारी दिएका छन् । महोत्सब संचालनको लागि १६ लाख खर्च लाग्ने भुजेलले जानकारी दिएका छन् ।
मेला सफल पार्नकोलागि क्लबले बिभिन्न उपसमितिहरु गठन गरीसकेको छ । क्लबले समय समयमा बृक्षारोपण चौतारा निमार्ण सरसफाई जस्ता समाजिक कार्यहरु गदै आएको छ ।

LEAVE A REPLY