पोखरा, १७ बैशाख l लायन्स क्लव अफ पोखरा सिर्जना चौतारी तथा घरेलु तथा साना उद्योग कार्यालय कास्कीको संयुक्त आयोजनामा तिन महिने भवन वायरिङ विकास तालिमको समापन कार्यक्रम न्यु एरा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आईतबार सम्पन्न भएको छ । भुकम्प पिडीतहरुलाई लक्षित गरि उक्त तालिम गरिएको आयोजकले जनाएको छ । गार्खा, दोलखा, स्याङजा, पर्वत र कास्कीबाट सहभागिता भएको तालिममा करिब दुई लाख बराबरको खर्च गरिएको आयोजक सिर्जना चौतारिका अध्यक्ष बसन्त गिरीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि एमजेएफ लायन बालकृष्ण बुर्लाकोटीले तालिममा सिकेका कुरा व्यवाहरमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गरेका थिए । घोकन्ते शिक्षालाई भन्दा सिपमुलक शिक्षालाई महत्व दिनुपर्ने उनको भनाई थियो । समापन कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो । उक्त कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय कास्कीका यदुराम अधिकारी,, एमजेएफ लायन विस्वेश्वर आचार्य, जोन चियर पर्सन विनोद ढुङ्गाना, पोखरा फेवा बेगनास चौतारिका अध्यक्ष सन्तोेष घिमिरे, पोखरा विरौटा साझा चौतारिकी प्रथम उपाध्यक्ष सिता पहारी, पोखरा युनिक चौतारिका अध्यक्ष एकराज गिरी, पोखरा युनिटी चौतारिकी अध्यक्ष सरस्वती गिरीलगाएतको उपस्थिति रहेको थियो ।
लायन क्लव अफ पोखरा सिर्जना चौतारिका अध्यक्ष एमजेएफ लायन बसन्त गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य रिजन चियर पर्सन बालकृष्ण बरालले राखेका थिए । कार्यक्रमको संचालन लायन जनकराज पराजुलीले गरेका थिए ।

LEAVE A REPLY