पोखरा, १७ साउन । भिजन बोर्डिङ स्कूल, पोखरा लेखनाथ १५ रामबजारले आफ्ना विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले चित्रकला र हस्तलेखन प्रतियोगिताको आयोजना गरेको छ ।
चित्रकलामा एलकेजीमा आषिक सारु प्रथम, रोश्मी नेपाली दोस्रो र सरिता गुरुङ तेस्रो भए । युकेजीमा उत्तम थापा प्रथम, स्मारिका गिरी दोस्रो र इश्वर पुन तेस्रो भए । कक्षा १ र २ मा सुगम कुमारी महतो प्रथम, सागर सिंजाली मगर दोस्रो र सिम्रन सुनार तेस्रो भए ।

यसैगरी अंग्रजी हस्तलेखन प्रतियोगितामा एलकेजीबाट समिक्षा परियार प्रथम, हिरा मगर दोस्रो तथा आविक सारु र सरिता गुरुङ तेस्रो भए । युकेजीबाट एलेक्स विक प्रथम, मिसन मगर दोस्रो तथा स्मारिका गिरी तेस्रो भए । कक्षा १ र २ बाट अग्रिम क्षेत्री प्रथम, सागर सिंजाली मगर दोस्रो तथा सुगम कुमारी महतो र पूर्णिमा पुन तेस्रो भए । दुवै कार्यक्रम अतिरिक्त कृयाकलाप प्रमुख कृष्ण कुमारी क्षेत्रीको संयोजकत्वमा भएको थियो ।

LEAVE A REPLY