सर्लाही, कात्तिक ३० l नेपाली व्यापारी राकेश चौधरीमाथि बुधबार साँझ भारतीय भूमिमा गोली प्रहार भएको छ ।

भारतको सीतामढीबाट मोटरसाइकल चढेर सर्लाहीको मलंगवातर्फ आइरहेका बेला बेलुका ८ बजेतिर अज्ञात समूहले उहाँ माथी गोली हानेको सर्लाहीका प्रहरी प्रमुख मसाउद खाँले जानकारी दिनुभयो ।

पेटमा गोली लागेर घाइते भएका ३७ वर्षीय चौधरीलाइ सर्लाही अस्पताल मलंगवामा सामान्य उपचार गरी थप उपचारको लागि राति नै वीरगंज पठाएको प्रहरीले जानएको छ । चौधरी कवाडी व्यापारी हुन् ।

घाइते चौधरी आफै मोटरसाइकल चलाएर मलंगवा आइपुग्नु भएको थियो । उहाँलाई भारतीय गिरोहले गोली हानेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । भारतीय प्रहरीसँगको समन्वयमा गोली हान्ने समुहको खोजी भैइरहेको प्रहरीले जानएको छ।

LEAVE A REPLY