काठमाडौं, असार ४ – आइसिसी च्याम्पियन्स ट्रफी २०१७ क्रिकेटको फाइनलमा क्रिकेटका दुई प्रतिस्पर्धी देश भारत र पाकिस्तानले खेल्दै छन् । इंग्ल्याण्डको ओभल मैदानमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पाकिस्तानले नेपाली समयअनुसार ब्याटिङ थाल्दै छ दुई देश १० वर्षपछि कुनैपनि प्रतियोगिताको उपाधिको फाइनलका लागि प्रतिष्पर्धामा उत्रेका हुन् । सन् २००७ को आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकपको फाइनलमा यी दुई देशले खेलेका थिए ।

प्रतियोगिताको समूह चरणमा पाकिस्तान भारतसँगै पराजित भएपनि दक्षिण अफ्रिका, श्रीलंका र इंग्ल्याण्डलाई हराउँदै फाइनल पुगेको हो । भारत च्याम्पियन्स ट्रफीको फाइनलमा चौथोपटक पुगेको हो भने पाकिस्तान पहिलोपटक प्रतियोगिताको फाइनल खेल्न लागेको हो । पाकिस्तानले सन् २००९ यता भारतलाई हराउन सकेको छैन ।

LEAVE A REPLY