काठमाडौं, जेठ २२ – चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गराउनुपर्ने नपर्नेबारे न्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा सुनुवाई हुने भएको छ ।

भरतपुरका गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार दायर गरेको रिटमाथि सोमबार राणाको इजलासमा सुनुवाई हुन लागेको हो ।

रिटमा निर्वाचन आयोगले सरकारको प्रभावमा परेर भरतपुरको १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको भन्दै आयोगको निर्णय खारेज गर्दै च्यातिएका ९० वटा मतलाई बदर मानेर बाँकी मत गणना गर्ने आदेश माग गरिएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम मतगणनास्थलमा कब्जा गरेर मतपत्र च्यातिएको ठहर गर्दै भरतपुरको वडा नम्बर १९ का सबै मतदान केन्द्रमा फेरि मतदान गर्ने निर्णय गरेको छ । @Ujyaaloonline

LEAVE A REPLY