काठमाडौं, जेठ ३० – सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका–१९ मा फेरि मतदान गराउने मुद्दाको सुनुवाइ असार ६ गते हुने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको संयुक्त इजलासमा मंगलबार यो मुद्दाको सुनुवाइ राखिएता पनि हेर्न नभ्याइने भएपछि असार ६ गते सुनुवाइ तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

यसअघि यही जेठ २८ गते न्यायाधीश विश्म्बरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा पेसी तोकिएको थियो तर त्यतिबेला पनि हेर्न नभ्याइने भन्दै मंगलबारका लागि पेसी तोकिएको थियो ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले यही जेठ २२ गते भरतपुर महानगरपालिका–१९ मा निर्वाचन आयोगको फेरि मतदान गराउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । @रासस

LEAVE A REPLY