कृष्णमणि बराल
पोखरा, ३० जेठ l पोखरा १७ छोरेपाटनमा रहेको गुप्तेश्वर गुफा र त्यसमाथिको बाक्लो कंक्रिट बस्ती जोगाउन टनेल निर्माण प्रविधिमा संरक्षणको काम सुरु भएको छ। पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफा भित्रभित्रै क्षयीकरण भई ठूलो परिमाणमा माटो र चट्टान खस्न थालेपछि गुप्तेश्वर गुफा व्यवस्थापन समितिले संरक्षणको पहल थालेको हो। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

गतवर्षको असोजमा वर्षाको समयमा चार महिना बन्द भएपछि खोलेर हेर्दा गुफाभित्र पाताले छाँगो देखिने स्थाननजिकै ठूलो परिमाणमा माटो खसेर गुफाभित्रको बाटो नै बन्द भएको थियो। यसले व्यवस्थापन समिति र स्थानीय बासिन्दा गुफा नै पुरिने डरमा छन्। त्यही जोखिम नियन्त्रण गर्न समितिले पहिलो चरणमा एक करोड सात लाख रुपैयाँ लागतमा गुफा संरक्षणका लागि टनेल प्रविधिमा संरक्षणको काम थालेको समितिका कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो।

समितिको ६०, छोरोपाटन माध्यमिक विद्यालयको ३५ र ५ प्रतिशत स्थानीय जनसहभागिता जुटाएर निर्माण अघि बडेको समितिका अध्यक्ष विष्णुप्रसाद पौडलले बताउनुभयो। टनेल निर्माण प्रविधिबाट गुप्तेश्वर गुफा र बस्ती संरक्षणको काम एस एन्ड यू कन्सल्ट प्रालिले सुरु गरेको छ। पहिलो चरणमा गुफाभित्र ठूलो परिमाणमा माटो र ढुंगा खसेर जोखिमयुक्त बनेको गुफाक्षेत्रको संरक्षणको काम भइरहेको प्रालिका इन्जिनियर सुदीपकुमार चौधरीले जानकारी दिनुभयो।

वर्षायाममा फेवातालको पानी डेभिज फल हुँदै गुफाभित्र पस्दा पानीको भाइब्रेसनले गुफाभित्र माटो र ढुंगा खसेको हुन सक्ने उहाँको भनाइ छ। गुफामाथि नै राजमार्ग र ठूला कंक्रिट भवन बन्नु पनि यो कमजोर हुनुको अर्को कारण रहेको उहाँले बताउनुभयो । यही संवेदनशीलतालाई अध्ययन गरी जियोलोजिकल इन्भेस्टिकेसन, माटो परीक्षण एवं ट्रोपोग्राफिकल सर्भे गरेर हाइड्रो निर्माणका क्रममा टनेल बनाउने काम गरिरहेको प्रालिको टोलीले टनेल निर्माण प्रविधिमा गुफाभित्रको माटो र रकलाई बलियो बनाउने काम गरिरहेको इन्जिनियर चौधरीले जानकारी दिनुभयो ।

गुफा २० देखि ३५ मिटरसम्मको थिकनेसमा रहेको प्रारम्भिक अध्ययनले देखाएको उहाँको भनाइ छ। दक्षिण एसियाकै ठूलो दाबी गरिएको गुप्तेश्वर गुफा करिब तीन किलोमिटर लम्बाइ र ८० मिटरसम्म गहिराइको रहेको समितिले बताएको छ । यो गुफा २०४९ पुस ९ गते स्थानीयले पत्ता लगाएका हुन् । २०५१ जेठ २ गते जिल्ला प्रशासन कार्यालयमा गुफा व्यवस्थापन समिति दर्ता भई गुफाको मर्मतसम्भार गरी यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै आएको छ।

गुफा पत्ता लगाउँदा त्यसमाथि एउटै घर नभएको भूगोलविद् डा कृष्ण केसी बताउनुहुन्छ । गुफा पत्ता लगाएपछि गुफा र वरपरको क्षेत्रलाई अधिग्रहण गरेर खुला पार्कसहित पर्यटकीय केन्द्रका रूपमा विकास गर्न अनुरोध गरे पनि तत्कालीन पोखरा नगरपालिका, उमहानगरपालिका हुँदै महानगरपालिकासम्म आइपुग्दा पनि यसतर्फ ध्यान नदिइएको उहाँको भनाइ छ । यसले गुफा, बस्ती र राजमार्ग धरापमा परेको उहाँको भनाइ छ।

अझ पनि स्थानीयले गुफामाथि घर बनाउने काम रोकेका छैनन् । सयौं घर बन्दा पनि महानगरपालिकाबाट नियन्त्रणको प्रयास नहुँदा ठुलो दुर्घटना नजिकिरहेको उहाँले बताउनुभयो । गुफा र बस्ती नै धरापमा परिसेकपछि गुफा समितिले गर्न लागेको संरक्षणको काम केही समयका लागि जोखिम पर सार्नु मात्र हुने उहाँको भनाइ छ। अझ पनि स्थानीयले गुफामाथि घर बनाउने काम रोकेका छैनन् । सयौं घर बन्दा पनि महानगरपालिकाबाट नियन्त्रण प्रयास नहुँदा ठुलो दुर्घटना नजिकिरहेको छ।

समितिले संरक्षणको काम थाल्दा पोखरा महानगरपालिका, पोखरा उपत्यका विकास समिति, सडक विभाग कार्यालयसँग समन्वय गरी वातावरणीय प्रभाव मूल्यांकन, ट्रोपोग्राफिकल सर्भे, जियोलोजिकल इन्भेस्टिकेसन र माटोको परीक्षण गरेर अघि बढ्नुपर्ने उहाँले सुझाउनुभयो। गुप्तेश्वर गुफा खासमा भूमिगत जलमार्ग रहेको उहाँको भनाइ छ । फेवातालवाट आएको पानी पाताले छाँगो हुँदै त्यही भूमिगत मार्गबाट फुस्रेखोलामा पुग्छ । छोरेपाटनभरि नै यस्ता भूमिगत जलमार्गको सञ्जाल छ । कही ठूला छन्, कही साना।

भत्किन थाल्यो पोखराको गुप्तेश्वर गुफा, महानगरपालिका अझै बेखबर

भत्किन थाल्यो पोखराको गुप्तेश्वर गुफा, महानगरपालिका अझै बेखबर

महानगरपालिका अझै बेखबर
जनधनको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको पोखरा लेखनाथ महानगरपालिका पोखराको सर्वाधिक जोखिम मानिएको मानव बस्तीसहितको गुप्तेश्वर गुफामाथि घर बनाउने नियन्त्रणको प्रयास त कहाँ हो कहाँ, गुफा भित्रभित्रै भत्किँदा पनि बेखबर देखिएको छ।

गुफा भत्केर बस्ती र राजमार्ग पनि जोखिममा रहेको सम्बन्धमा आफूहरूलाई जानकारी नै नभएको महानगरपालिकाका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले बताउनुभयो । गुफा व्यवस्थापन समितिले महानगरपालिकालाई कुनै जानकारी नदिई भित्रभित्र महानगरले थाहा पाउँछ कि भनेझैं आफै काम गरेको उहाँको भनाइ छ । ‘गुफा व्यवस्थापन समितिले न गुफाको आम्दानी देखाउँछ न त खर्च नैु, उहाँले भन्नुभयो, ‘इन्जिनियरिङ सेवा, योजना कुनै काममा पनि समितिले समन्वय गर्ने गरेको छैन।ु

राजमार्गमा गुड्ने गाडीको भाइब्रेसन र पाताले छाँगोको पानीले खोतलेर गुफा भित्रभित्र भत्कन थालेपछि समितिले संरक्षणका काम गरिरहेको पोखरा लेखनाथ महानगरपालिका १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले जानकारी दिनुभयो। गुफा, गुफामाथिको बस्ती र सिद्धार्थ राजमार्गको संरक्षणका लागि पोखरा महानगरपालिकाको बोर्ड बैठकमा छलफल चलाएर प्राथामिकताका साथ संरक्षणको पहल गर्ने उहाँको भनाइ छ।

LEAVE A REPLY