भक्तपुर, मंसिर २८ । भक्तपुर जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत् नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा बिहीबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदैगर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।सूर्यविनायक नगरपालिका नंखेलको जग्गापास गर्न डोर खटाउनेक्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो । टोलीले थप अनुसन्धान जारी राखेको छ । – रासस

LEAVE A REPLY