काठमाडौं, बैशाख १४ । दिनहुँ लाखौं युवाहरु रोजगारका लागि विदेशिएको चर्चा चलिरहेका बेला पछिलो समय वैदेशिक रोजगारमा जानेहरुको संख्या घटेको तथ्याङ्कले देखाएको छ ।

बैदेशिक रोजगार विभागका तथ्याङ्क अनुसार २०७० देखि २०७३ सम्म आउँदा अर्थात तीन वर्षको अन्तरालमा बैदेशिक रोजगारमा जानेहरुको संख्या घट्दो क्रममा रहेको देखिन्छ ।

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/०७१ मा जम्मा ५ लाख २७ हजार ८ सय १४ जना रहेकोमा महिला २८ हजार ९ सय ६६ जना , र पुरष ४ लाख ९८ हजार ८ सय ४८ छन् ।

त्यस्तै गरी आर्थिक वर्ष २०७१/०७२ जम्मा ५ लाख १२ हजार ८ सय ८७ जना मध्ये महिला २२ हजार २८ जना, र पुरुष ४ लाख ९ हजार ८ सय ५९ जना रहेका छन्, यो तथ्याङ्कलाई हेर्दा महिला पुरुष दवैको संख्या घटेको देखिन्छ ।

यसै गरी आर्थिक वर्ष २०७२/२०७३ को तथ्याङ्कलाई पनि हेर्दा बैदेशिक रोजगारमा जानेको संख्या घटेको तथ्याङ्कले देखाउँछ ।

जसमा जम्मा ४ लाख १८ हजार ७ सय ३१ जनामा महिला १९ हजार ३ सय ७ जना, पुरुष ३ लाख ९९ हजार ४ सय ६ जना रहेको छ ।

वैदेशिक रोजगामा युवाहरुको संख्या घट्नुमा २०७२ को विनाशकारी भूकम्प, नाकाबन्दी र ‘फ्रि भिषा फ्रि टिकट’ ले गर्दा माग कम हुनु र श्रम स्वीकृति लिने युवाहरु घट्दोक्रममा रहेको बैदेशिक रोजगार विभागकाका निर्देशक मोहन अधिकारीको दावी छ ।

स्वदेशमै रोजगार नपाएपछि आधिकांस युवा वैदेशिक रोजगारमा जानेक्रम घटनु सकारत्मक रहेपनि पलायन हुनेक्रम भने रोकिएको छैन् । स्वदेशमै रोजगारी र मुलुकलाई समृद्धिमा लैजना युवा शक्तिलाई स्वदेशमै रोजगार दिन सरकारको ध्यान जान आवश्यक छ ।

@Imagaekhabar

LEAVE A REPLY