म्याग्दी, साउन १७ l म्याग्दीको पश्चिम भेगलाई जोड्ने जिल्लाको एकमात्र सडक बेनी–दरबाङ सडकखण्ड अवरुद्ध हुँदा नागरिकलाई सास्ती भएको छ ।

म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा पहिरोका कारण बाटो अवरुद्ध भएको हो । साउनको ७ गते आएको पहिरोले अवरुद्ध बाटो अहिलेसम्म पूर्णरुपले खुल्न सकेको छैन ।

लाम्पाटामा आएको पहिरोका कारण बेनी–दरबाङ सडकखण्ड भएर चल्ने सवारीसाधन र यात्रु बिच बाटोमै अलपत्र पर्ने गरेका छन् ।

@ujyaaloonline.com

LEAVE A REPLY