मंसिर ५,पोखरा l नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधी सभाका समानुपातिक तर्फका उम्मेदवार एवं बरिष्ठ उद्योगपति सूर्यबहादुर केसीले बृद्ध भत्ता कुनै पार्टीले नभई राज्यले दिएको दावी गरेका छन् । ‘बृद्धभत्ता जनताको करबाट राज्यले दिएको हो, यो कुनै पार्टीको पेवा होइन, याये अवधारणा नेपाली काँग्रेसकै’ नेपाली काँग्रेस वडा नम्वर ५ पस्र्याङ्गको प्रचार प्रसार कार्यालय उद्घाटन केसीले भने ।
राज्यको आर्थिक विकासका लागि निजि क्षेत्रको सहभागिता अपरिहार्यता रहने उनले बताए । निजि क्षत्रे लाई अगाडी बढाउनका लागि खुल्ला अर्थ नीतिको आवश्यक पर्ने केसीको भनाई थियो । यो नेपाली काँग्रेस बाहेक अरु पार्टीमा नभएको पनि उनले दावी गरे ।
कार्यक्रममा प्रतिनिधी सभा प्रत्यक्ष तर्फ ३ नम्बर शुक्रराज शर्मा, प्रतिनिधी सभाका समानुपातिक उम्मेदवार आनन्दराज मुल्मी, प्रदेश सभा ख का भोजबहादुर गुरुङ्ग सिकन्दर लगायतले लोकतन्त्रको विकासका लागि नेपाली काँग्रेसलाई जिताउनु पर्नेमा जोड दिए ।

LEAVE A REPLY