काठमाडौं, कात्तिक १४ l बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले बुढीगण्डकी जलविद्युत आयोजना डुवान क्षेत्रको मुआब्जा तत्काल तोक्न र तोकेको ठाउँको वितरण गर्न माग गर्दै उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापालाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार भएको भेटमा समितिका प्रतिनिधिसँग उपप्रधानमन्त्री थापाले मुआब्जा तोक्न बाँकी क्षेत्रमा अविलम्ब तोकिने र तोकिएको क्षेत्रमा वितरण सुरु गर्ने आश्वासन दिनुभएको छ । उहाँले आयोजनाको विषयमा मन्त्रीपरिषदबाट गर्नुपर्ने काम पनि अध्ययन गरेर निर्णय गर्ने बताउनुभएको छ ।

LEAVE A REPLY