‘बाहुबली २’ ले यतिबेला घरेलू बक्सअफिसमा मात्र होइन विदेशमा पनि उतिक्कै आक्रामक व्यापार गरिरहेको छ । रिलिजको दिननै १२१ करोडको विजनेश गर्दै बलीउडको सारा रेकर्ड तोकेको ‘बाहुबली २’ ले रिलिजको ५ दिनमा ७ सय करोडको आँकडा पार गरेको छ । एस.एस. राजामौली निर्देशित यो फिल्मको वर्ल्डवाइड विजनेश करिब ७१० करोडको आसपास रहेको छ ।
फिल्म जुन रफ्तारमा अगाडि बढिरहेको छ यस्तो लागिरहेको छ कि चाँडै यसले आमिर खान को ‘दंगल’ र ‘पीके’ को वर्ल्डवाइड रिकर्डलाई तोड्नेछ । ‘पीके’ को अहिलेसम्मको वर्ल्डवाइड कमाई ७९२ र ‘दंगल’ को वर्ल्डवाइड विजनेश ७४२ रहेको थियो ।
फिल्मको हिन्दी भर्जनले ४ दिनमा कूल १६९.२५ करोडको विजनेश गरेको छ  । यो फिल्म वर्ल्डवाइड करिब ९ हजार स्क्रीन्समा रिलिज भैरहेको छ । यो फिल्म तेलुगू भाषामा बनेको हो तर हिन्दीसहित अन्य ७ भाषामा समेत रिलिज भएको छ ।

LEAVE A REPLY