साउन ३१ पोखरा  ।  पोखराको पृथ्वी चोक मा रहेको बास्तोला कम्प्लेक्सले नेपाली महिलाहरुको महान चाड हरि तालिका तिजको अबसर पारेर तिज ब्यापार मेला गर्ने भएको छ । मेला यहि भाद्र १ गते बाट ३ गते सम्म संचालन हुने बास्तोला कम्प्लक्ेस का संचालक उमराज बास्तोलाले जानाकारी दिए । ब्यापार ब्यबसायका लागि प्रबर्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको बास्तोलाले बताए ।

मेलामा चर्चित लोक दाहोरी गाएक पशुपति शर्मा, राम्जी पौडेल, कृष्ण सुबेदी ,प्रदिप त्रिपाठी ,तुलसा जिसी , मन्जु विक, माया गुरुङ्ग,लक्ष्मी बानिया,मिठु झा ,सुनिता नेपाली ,लगाएतका स्थानिय ख्याति प्राप्प कलाकारको बेजोड प्रस्तुत रहने कम्पेक्सले जनाएको छ । मेला अबधिभर तिस हजार दर्शकले मेलाको अबलोकन गर्ने र तिन करोड बराबरको कारोबार हुने आयोजकले दाबि गरेको छ ।

पोखराका ४ जना युवा ब्यबसायी बलराम बास्तोला,माधव बास्तोला,उमराज बास्तोला र बाबुराम आचार्य मिलेर २०७३ असोज बाट संचालनमा आएको कम्पेक्सले बेला बेलामा ब्यबसायी हरुको आबश्यकता महशुस गरि मेला महोत्सव आयोजना गर्दै आइरहेको छ । एउटै छाना मुनि करिब ३२० सटर रहेको कम्पेक्समा नुन देखि सुन सम्म जिरा देखी हिरा सम्म पाइने बास्तोला कम्पेक्सका संचालक बलराम बास्तोलाले जानाकरी दिए ।

LEAVE A REPLY