काठमाण्डौं, कात्तिक २५ l कोटेश्वरस्थित एक होटेलको कोठाबाट नेदरल्याण्डका एक नागरिक बाल यौन दुराचारको आरोपमा पक्राउ परेका छन् ।

उनलाई सिआइबीको टोलीले विशेष उजुरीका आधारमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा ७५ वर्षका  हेनरिकस एड्रियानस जोसेफस क्रुइजसेन रहेका छन । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबि) ले उनको कोठाबाट एक बालकको पनि उद्वार गरेको छ ।

उनी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले बाल यौन दुराचार अपराध अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY