पोखरा १०, बैशाख l अन्तरदृष्टि नेपाल पोखरा को आयोजनामा शनिबार अमरज्योति टोल बिकास संस्थाको ब्यवस्थापनमा पोखरा लेखनाथमहानगरपालिका वाड नं. २६ जलधारे लेखनाथमाबाल यौन दुव्र्यवहार न्यूनिकरण सम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अन्तरदृष्टि नेपाल पोखराका शाखा प्रमुख रामचन्द्र लामिछानेले बालअधिकार,बालदुव्र्यवहार, यौन दुव्र्यवहारका स्वरुपहरु, यौन दुव्र्यवहार बाट पर्नै असरहरु, यौन दुव्र्यवहार बाट बच्ने उपायहरु, जबरजस्ती करणी सम्बन्धी सजायको ब्यवस्था, बालबालिकाप्रती समुदायको भूमिकाको बारेमा सहजीकरण गरेकाथिए । कार्यक्रम अमरज्योति टोल बिकास संस्थाकाअध्यक्ष नरहरी ढुङ्गानाकोअध्यक्षतामा सम्पन्नभएको थियो। कार्यक्रमको सञ्चालन अमरज्योति टोल बिकास संस्थाकाउपाध्यक्ष ईश्वरी प्रसादअधिकारीले गरेकाथिए। कार्यक्रममाजलधारे टोल बिकास संस्थाकीअध्यक्षशोभा ढुङ्गाना, देउरालीमहिला समुहकीसिता ढुङ्गाना र आर्दश महिला समुहकीमन्जु बन्जराले आफ्नो भनाई राखेकाथिए। उक्तकार्यक्रममाबिभिन्न टोल बिकास संस्था र महिला समुह हरु बाट ६५ जनाकोसहभागिता रहेको थियो ।

LEAVE A REPLY