पोखरा, चैत्र १७ l पोखरा लेखनाथ महानगपलिकाको वडा नम्बर ७ को बालहित संरक्षण समिति को विहीवार ६ औँ साधरण सभा सम्पन्न भएको छ । वडा नम्बर सातको कार्यलयमा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला प्रशासक कार्यलय कास्कीका प्रशासिय अधिकृत अनिल कुमार शाहिले संस्थाले बालवालिकाको हितको लागि गर्न लागेको काम राम्रो भएको भन्दै कार्यसफलताको लागी शुभकामना व्यत्त गर्नुभयो ।यस्ते कार्यक्रममा आफ्नो भनाई राख्दै शाहिल आफुहरुले बालबालिकाको क्षेत्रमा जुनसुकै काम गरिन्छ सो काम समाजको लागि उदाहरणिय हुनु पर्नेमा जोड दिनुभयो ।

बाल बच्चालाई सबल र सक्षम बनाउन पहिला अभिभावकहरुको विचार राम्रो हुनु पर्नमा जोड दिदै उहाँ पछिल्लो समयमा सम्पन्न परिवारको बालवलिकाहरु स्नातक पास गरेर विदेशमा गएसंगै दुःख पाएको भन्दै स्वदेशमा नै रोजगारको अवसरको व्यवस्था हुनु पर्ने मा जोड दिनुभयो । बालहित संरक्षण समिति का अध्यक्ष प्रकाश धर्तीको अध्यक्षतामा भएको उक्त कार्यक्रमा सस्थाका महासचिव अर्जनु भण्डारिले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त संस्थामा हाल सम्म ५२ जना आजिवन सदस्य रहनु भएका सस्थाले बालबालिकाको हितका लागि काम गदै आएको छ । संस्थाका कोषध्यक्ष शारदा गिरिले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सिचव पवित्रा जिसीले गर्नुभएको थियो ।

LEAVE A REPLY