काठमाडौं, चैत ३० । सर्वोच्च अदालतमा पूर्वसभासद् बालकृष्ण ढुंगेलविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरिएको छ ।

नेकपा माओवादी केन्द्रका नेता ढुंगेलले कही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलनासम्बन्धी सो मुद्दा दायर गरिएको हो ।

ढुंगेलले सार्वजनिक स्थानमा आफूलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाउने पूर्वन्यायाधीश कल्याण श्रेष्ठविरुद्ध अदालतको अवहेलना हुने गरी दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता दिनेश त्रिपाठीले बुधबार सो मुद्दा दायर गरेका हुन् ।

मुद्दामा सर्वोच्च अदालत ऐनबमोजिम आदेश जारी गरी एक वर्ष कैद र रु १० हजार जरिवाना गर्नुपर्ने माग गरिएको छ ।सर्वोच्च अदालतले यसअघि पूर्वसभासद् ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

तर,फैसला कार्यान्वयन नहुँदा ढुंगेलले सार्वजनिक स्थानमा पूर्वन्यायाधीशविरुद्ध अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाइएको छ ।

@रासस

LEAVE A REPLY