पोखरा ५, मंसिर l वाम गठबन्धन युवा तथा विद्यार्थी परिचालन कमिटि निर्वाचन क्षेत्र नं. ३ को प्रचार प्रसार कार्यक्रम मंगलवार माछापच्छ्रे्र गाउँपालिकाका चार वटा वडामा सम्पन्न भएको छ । माछापच्छ्रे्र गाउँपालिका १ देखि ४ सम्म क्रमशः माछापुच्छ्रे , सार्दिखोला, घाचोक, लाहाचोक र पोलेमनपा वडा न १९ पुरुन्चौर क्षेत्रमा पनि प्रचार प्रसार गरिएको छ ।
प्रचार सभा अन्तर्गत बोल्ने वक्ताहरुले युवा पंक्ति सम्पुर्ण बाम गठबन्धनको पक्षमा रहेकाले कास्की क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार जगत विश्वकर्मालाई सुर्य चिन्हमा र प्रदेश सभा क का उम्मेदवार रामजी बराल जीवनलाई गोलाकार भित्रको हसियाँ हथौड़ा चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गरे ।
प्रचार प्रसार कार्यक्रममा विभिन्न स्थानमा युवा तथा बिद्यार्थीको समुहलाई स्थानियले स्वागत समेत गरेका थिए ।
अभियानमा युवा सङ्घ केन्द्रिय सदस्य हरि लम्साल, युवा सङ्घ जिल्ला निर्वाचन परिचालन कमिटिका संयोजक पानबहादुर जि सी, अनेरास्ववियु कास्किका उपाध्यक्ष एवम सङ्गठन बिभाग प्रमुख लक्ष्मण तिमिल्सिना, युवा संघका जिल्ला सचिव डिल्लीराम सुवेदी ,युवा संघ क्षेत्र न ३ का सम्योजक शिव अधिकारी ,अनेरास्ववियु जिल्ला सदस्य एलिना पुरी, क्षेत्रीय सहसम्योजक सविना राउत, क्षेत्रीय सदस्य आशिष् काफ्ले, विवेक ओझा, प्रकाश पौडेल, प्रकाश ज्यु ठकुरी, केशव अधिकारी, विष्णुहरी भुगाईँ, युवा संघकै केशव थापा, रमेश भण्डारी, माछापुच्छ्रेका युवा नेता नारायण गुरुङ, किसान गुरुङ, पुकार श्रेष्ठ गुरु, लाहाचोकका युवा नेता राजेन्द्र गौतम, बालकृष्ण अधिकारी, आनन्द अधिकारी लगायतको सहभागिता रहेको कुरा अनेरास्ववियु कास्कीका नेता लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

LEAVE A REPLY