पोखरा २६ कार्तिक । बाम गठबन्धन पोखरा लेखनाथ महानगर वडा नम्बर १० को चुनावी प्रचार प्रसार कार्यालयको उद्घाटन सम्पन्न भएको छ । बाम गठबन्धन कास्की क्षेत्र नम्बर एक ख अन्तर्गत रहेको पोखरा लेखनाथ १० को चुनावी प्रसार प्रसार कार्यालयको कास्की क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका उमेदवार पूर्व मन्त्री खगराज अधिकारी र प्रदेश सभा कास्की क्षेत्र नम्बर १ ख का उमेदवार मन बहादुर गुरुङले उद्घाटन गरे । उमेदवारहरुले कार्यालयको उद्घाटन सहित घरदैलो कार्यक्रम समेत सम्पन्न गरेको पोखरा लेखनाथ महानगर वडा नम्बर १० का प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

उद्घाटन सहित आयोजित घरदैलो कार्यक्रममा कास्की क्षेत्र नम्बर १ ख का समानुपातिक उमेदवारहरु एमालेका गजकुमारी गुरुङ र मीना गुरुङ , माओवादी केन्द्रका गायत्री गुरुङ दुरा (कुशुम) सहित ले बाम गठबन्धनका कार्यकर्ता हरु नेकपा एमाले केन्द्रिय सदस्य चुडामणी जंगली, प्रदेश कमिटीका सदस्य तथा क्षेत्र नम्बर एक निर्वाचन मुल कमिटीका संयोजक श्रीनाथ बराल, सह संयोजक लालमोहन तिवारी, माओवादी केन्द्रका सह इन्चार्ज बखान सिंह तमु, नेकपा माओवादी केन्द्र महानगर केन्द्रका अध्यक्ष विश्वप्रकाश लामिछाने नेकपा एमालेका युवा नेता बयन बहादुर क्षेत्री लगायतका नेताहरुको समेत उपस्थिती रहेको थियो ।

उमेदवार सहितको टोलीले वडा नम्बर १० अन्तर्गत पर्ने अमरसिंह चोक, नागिन टोल, कुंडहर, मियापाटन, अन्नपूर्ण टोल, औद्योगिक क्षेत्र, जनप्रिय टोल, बेथानी टोल, बुद्धचोक, इन्द्रचोक, इन्द्रमार्ग, घलेचोक, रामबजार, खत्री पसलचोक लगायतका टोलहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रमकै बीच पोखरा १० नागिन टोल र औद्योगिक क्षेत्रमा आयोजित कोण सभालाई समेत उमेदवारहरुले सम्बोधन गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहेका कास्की क्षेत्र नम्बर एक का प्रतिनिधी सभाका उमेदवार खगराज अधिकारीले पोखरा १० नागिनटोलमा भुमिहिनहरुका लागी समस्या उत्पन्न भइरहेको वताउदै बाम गठबन्धनलाई भोट दिएर जितायमा त्यसको समाधान तर्फ आफुहरु अग्रसर रहने वताउदै समग्र देश बिकासको लागी बाम गठबन्धनलाई मत दिन समेत आग्रह गरे ।

LEAVE A REPLY