पोखरा, २१ कार्तिक ।
पोखरा लेखनाथ १९ लामाचौरबाट बाम गठबन्धन क्षेत्र नम्वर ३ को चुनावी अभियान मंगलवारदेखि शुरु भएको छ । चुनावी सभा एवं घरदैलो अभियान अन्तर्गत आज भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश नम्वर ४ का सहसंयोजक गणेश तिमिल्सिनाले नेपालमा दुई तिहाई बहुमतको सरकार बनाएर नेपाल र नेपाली जनतालाई समृद्धि एवं सुखी बनाउनको लागि आगामी निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी भारी मतका साथ विजयी गरान अनुरोध गरे । सोहि क्रममा बाम गठबनधन एक भएर अघि बढेको बेलामा उता दक्षिण पन्थीहरु जुट्न खोजे पनि विभिन्न कारणले गर्दा एक हुन नसकिरहेको बताउँदै अव निर्वाचन लगत्तै वाम गठबन्धनको पार्टी एकता हुने बताए ।
कार्यक्रममा प्रतिनिधी सभा उम्मेदवार कास्की क्षेत्र नम्वर ३ का जगत विश्वकर्माले आफ्नो उम्मेदवार देश विकास र समृद्धिका लागि भएको बताउँदै सम्पूर्ण लामाचौर वडावासी मतदाताहरुलाई बाम गठबन्धनको अभियानमा एकजुटका साथ लागि सुर्य र गोलाकार भित्रको हसियाँ हथौडामा मतदान गरी विजयी गराउन अपिल गरे ।
त्यसै गरी क्षेत्र नम्वर ३ क का प्रदेश सभाका उम्मेदवार रामजी बरालले यो बाम गठबन्धनले सिंगो राष्ट्र र जनतालाई मौलिक हक अधिकारलाई कुण्ठित हुन नदिन एकैसाथ निर्वाचनमा उत्रिएको र बाम गठबन्धनको एकता आवश्यक भएको बताए । उनले देशका लागि यस लामाचौर वडा नम्वर १९ बाट आफ्नो ज्यान आहुती दिएका केहि शहिद व्यक्तिलाई सम्झदै उनीहरुको सपना साकार पार्नको लागि र ग्रामिण विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
कार्यक्रममा बाम गठबन्धका नेताहरु पुष्पा के.सी भण्डारी, सीता गीरी ओली र दामोदर बैरागी लगायतले बोलेका थिए । सो कोणसभा लगत्तै घरदैलो अभियान अन्तर्गत आज वडा नम्वर १९ को गैरीखोर, भण्डारीथर, ढाँड, जिमिरे, तरी, करायचौताराखेत खत्री डहर, भक्तिपथ लगायतका ठाउँहरुमा घरदैलो र परिचयात्मक कार्यक्रम सकेर पुन लामाचौर चोकमा आएर कोणसभामा परिणत भएको थियो । नेकपा एमाले वाड नम्बर १९ का संयोजक विष्णु भण्डारीको अध्यक्षमा भएको कोणसभाको समापन प्रदेश सभाका समानुपातिक उम्मेदवार सोमनाथ अधिकारी प्यासीले गरेका थिए भने कार्यक्रम सञ्चालन वाड नम्वर १९ का सहसंयोजक विष्णु गौतम गरेका थिए । बुधवार घरदैलो अभियान पोखरा १ सिम्पानी वगर एरियामा हुने बताईएको छ ।

LEAVE A REPLY