पोखरा, ३० कात्तिक l तमु धीँ नेपालकी अध्यक्ष कर्मा तमुले कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का बाम गठबन्धनका उम्मेद्वार राजकाजी गुरुङ ‘करण’लाई जितको शुभकामना दिएकी छन् । कास्की २ को प्रदेश क्षेत्र नम्बर २ अन्तर्गत दीपमा घरदैलो गर्ने क्रममा तमु धीँ अध्यक्ष गुरुङको घरमा पुगेका उम्मेद्वार ‘करण’लाई उनले शीरमा हात राख्दै जितको शुभकामना दिएकी हुन् ।

अध्यक्ष गुरुङले ‘करण’लाई आदिवासी जनजातिको साझा उम्मेद्वार भन्दै अगाडि थपिन्,‘तपाईं आदिवासी जनजाति तथा उत्पीडित समुदायको प्रतिनीधि हो र शान पनि, जितको शुभकामना छ, हामी पनि जिताउन लागि पर्छौं ।’ अध्यक्ष गुरुङले बाम गठबन्धन अहिलेको आवश्यक्ता भएको बताईन् । उनले भनिन्,‘हामीले पहिलेदेखी नै बाम एकता गर्नुपर्छ भन्दै आएका थियौं, बल्ल भएको छ, अब बाम गठबन्धनलाई जिताउन सबै लाग्नुपर्छ ।’ उनले करण जस्तो जोशिलो युवा उम्मेद्वार पाउनु भाग्य र खुशीको कुरा भएको बताईन् ।

यसैबीच, ‘करण’लाई शताब्दी पुरुष क्याप्टेन भक्तसिंह पुनले पनि आशिर्वादसहित जितको शुभकामना दिएका छन् । मलायामा युद्ध लडेका भूतपूर्व व्रिटिस सेनाका पूर्व क्याप्टेन दीप निवासी १०१ वर्षिय पुनले टिभीमा देखेको र रेडियोमा आवाज सुनेको ‘करण’लाई भोट दिएर जिताउने प्रतिबद्धता समेत जनाए । सो अवसरमा उम्मेद्वार गुरुङले आफूले जितेपछि बृद्धबृद्धाहरुलाई सम्माजनक र सहज रुपले जिउने वातावरण निर्माणका लागि भूमिका खेल्दै गाउँ, टोल र बस्ती÷बस्तीमा विकासको लहर ल्याउने बताए । ‘करण’ले विहीबार दीप र अमरदीपमा संयौं नेता कार्यकर्ता लिएर दिनभर घरदैलो गरेका थिए ।

वामपन्थी मिलेर भोट माग्दा घलेलवासी उत्साहित

माछापुच्छ«े गाउँपालिका वडा नं ९ घलेलका गौरीप्रसाद दाहाल अहिले उमेरले ७२ पुगे ।
सामान्य मतदाता मात्र रहेका उनलाई पछिल्ला निर्वाचनमा भोटमाग्ने कम्युनिष्ट पार्टीका उम्मेदवारलाई एउटै आग्रह हुन्थ्यो, एमाले र माओवादी मिलेर आउ, अनि म भोटमात्र होइन सँगसँगै प्रचारमा हिँड्छु ।
तिनै दाहाल विहीवार भने दिनभरीनै वाम गठवन्धनको चुनावी घरदैलोमा सक्रियतापूर्वक लागे । प्रदेशसभाका उम्मेदवार रामजी वराल(जीवनं) लगायतको प्रचार टोली गाउँमा आउने खवर वुधवार वेलुका थाहा पाएका दाहालले विहान सवेरै प्रचारमा सहभागि वने । “ मैले चाहेको कुरा वल्ल अहिले आएर पुरा भयो । एमाले र माओवादी मिलेरै चुनावमा भोट माग्न आउदा मेरो खुशीको सिमानै छैन।” दाहालले भने“ म मात्र कहाँ हो हामी सवै गाउँलेनै खुशी भएका छौँ । हाम्रा उम्मेदवारहरुलाई जिताउन भोट माग्न हिँडछम् । ” दाहाललाई नेताहरु कतै चुनावमा मात्र मिलेका हुन् कि भन्ने आशंका समेत रहेछ । तर पछि दुवै पार्टी एउटै हुने कुरा उम्मेदवारलेनै वताएपछि उनले भने,“ढिलै भएपनि नेताहरुले हाम्रा मनका कुरा वुझे । अव त दुईटा पार्टीले चुनाव जितेर देशको विकास गर्छन्”।
दाहाल मात्र होईन ल्वाङ र घलेलका युवादेखी वुढावुढीहरुले पनि चुनाव प्रचार र घरदैलोमा विहानै देखी सक्रियतापूर्वक साथ दिएका थिए । कोणसभा पनि उनीहरुले नेताहरुको कुरा चाख मानेर सुने ।
उम्मेदवार रामजी बरालको चुनाव प्रचार प्रसार टोलीले विहीवार माछापुच्छ«े गाउँपालिका वडा नं ९ का ल्वाङ, कोलेली ,कालिमाटी र सिदिङ्गमा घरदैलो गरे । उम्मेदवार वरालले पर्यटकिय क्षेत्र ल्वाङको विकास र स्थानीयका खानेपानी, वाटोघाटो लगायतका समस्याहरु समाधानमा आफु लागिपर्ने भनाई राखे । गाउँपालिका अध्यक्ष कर्णवहादुर गुरुङ्ग र उपप्रमुख कृष्णकुमारी दवाडीले वामपन्थीको सरकारले मात्र देशमा तिर्व विकास जनताको समृद्धिको चाहना पुरा गर्ने धारणा राखको छन् । निर्वाचन परिचालन कमिटि क्षेत्र नं ३(१) का संयोजक दीपक पौडेलले अव क्षेत्रनं ३ मा वामगठवन्धनका उम्मेदवारहरुको जीतलाई कसैले पनि रोक्न नसक्ने दावी गरे ।

पोखरा–१७ थापाको पक्षमा

कास्की क्षेत्र नं २ प्रदेश १ का वाम गठबन्धनका उम्मेदवार कृष्ण थापा पोखरा–१७ दीपक थापा मगरको घरमा भोट माग्न पुगे । घरदैलोको क्रममा मगरको घरमा पुग्दा उनले स्वागत गर्दै थापासँग अगालो हाले । ‘तपाई नआएको भएनी हुने थियो, आउनु भयो खुशी लाग्यो,’ आफ्नो वरिपरिका घर देखाउदै भने, ‘तपाइलाई जिताउन म मात्र होइन यो टोल नै लागेको छ ।’
उम्मेदवार थापाले ढुक्कले जीत्ने दाबी मगरले गरे । ‘हामीलाई समस्या पर्दा साथ दिने पार्टी हो एमाले भोट अरुमा हालिदैन,’ उनले भने, ‘यस पटक पनि जित हाम्रो हुन्छ ।’ स्थानीय चुनावमा एमालेकै उम्मेदवारले जितेको मगरले सुनाए । ‘एमालेले वडा नम्बर १७ मा निकै राम्रो काम गर्दै आएको छ,’ उनले भने, ‘यतिकै त सजिलै जीत हात पथ्र्यो त्यसैमाथि माओवादी साथीहरुको साथ छ ।’
बिरौटाका सुरेश अधिकारीले पोखरा–१७ का सम्पूर्ण जनता थापाकै पक्षमा रहेको दाबी गरे । ‘जनताले बलियो उम्मेदवार थापा बाहेक अरु विकल्प देखेका छैनन्,’ उनले भने, ‘उनको जित जनताकै जित हो ।’ स्थानीय चुनावमा एक हजार भन्दा बढी मतले तीर्थराज अधिकारीले जितेको अधिकारीले सुनाए । ‘कृष्ण थापा भिजन भएको नेता हो, उनलाई हाम्रो क्षेत्रले मात्र नभएर राष्ट्रिय रुपमै चिन्छन्’ उनले भने, ‘अरु उम्मेदवार को छन् भन्ने पनि थाहाँ छैन यहाँको जनतालाई ।’
बुधबार पोखरा–१७ बिरौटा चोक, बराल फिट, पावर हाउस, छोरेपाटन, डेभिज फल लगायतको ठाँउमा घर दैलो कार्यक्रम गरिएको क्षेत्र नं २ प्रदेश १ का समन्वय कमिटिका संयोजक युवराज पौडेलले जानकारी दिए । क्षेत्र नम्बर २ का उम्मेदवार रवीन्द्र अधिकारी, सोही क्षेत्रका समानुपातिकतर्फका उम्मेदवारहरु सिर्जना शर्मा, भीमबहादुर कार्की र अशोक बुढा छन्त्याल जनतासँग भोट माग्न पोखरा–१७ पुगेका थिए ।

पोखरा–२१ को कार्यालय उद्घाटन

पोखरा–२१ मा निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गरिएको छ । कास्की क्षेत्र नं २ प्रदेश १ का वाम गठबन्धनका उम्मेदवार कृष्ण थापाले कार्यालयको उद्घाटन गरे । थापाले वडा नम्बर २१ को जनताले पार्टीलाई निकै माया गर्दै आएको बताए । ‘जनताले चाहेको काम गर्ने छु’ उनले भने, ‘यस ठाउँको समस्या समाधान गर्ने कुनै पनि कमी कमजोरी रहँदैन ।’ नेकपा एमाले पोखरा–२१ का अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्षेत्र नं २ प्रदेश १ का समन्वय कमिटीका सदस्य शिव पौडेले गरेका थिए ।
ढोडबेसीलाई उखुको पकेट क्षेत्रको रुपमा विकास गराउनुु पर्छ ःकोईराला
लेखनाथ,३० कार्तिक ।
बाम गठबन्धन कास्की क्षेत्र नं १ क प्रदेश सभाका उमेदवार दिपक कोईरालले पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२को ढोडवेसीलाई उखुको पकेट क्षेत्रका रुपमा बिकास गराईने बताएका छन् ।
चुनावी घरदैलोको क्रममा विहिवार वडा नं ३२ को बिभिन्न ठाउमा गरिएको कोण सभामा बोल्दै कोईरालले उखु खेतीको सम्भावना बोकेको ढोडवेसी,मालमुल र जनताको चौतारा लगाएतको क्षेत्रलाई ब्यवसायिक उखु खेतीको रुपमा बिकास गराउन सकिने धारणा राखेका हुन् ।
विगतमा उखु खेतीले ख्याती कमाएका यस क्षेत्रलाई कसरी ब्यवसायि उत्पादनबाट कसरी अगाडी वढाउन सकिन्छ भन्ने बारेमा हाम्रो ध्यान केन्द्रित भएकाले राज्यबाट कृषि अनुदान देखि आधुनिक खेती प्रणालीका बारेमा गुरुयोजना बनाएर अगाडी वढनु नै अहिलेको आवस्यकता हो कोईरालाको भनाई रहेको थियो ।
घरदैलोको क्रममा टोलीले बिहिवार जनताको चौतारा,बडहरे,मियाँ गाउ,थुक्का,देउराली फेदी,ढडबेसी,मालेपाटन लगाएतका क्षेत्रमा पुगी बाम गठबन्धनका अन्य चुनावी एजेण्डाहरुका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा स्थानिय बामपन्थि नेता टिकाराम पंगेनी, खेम पुन,छविलाल लामिछाने,बोधराज लामिछाने,विष्णु तिवरी,हरि लामिछाने,पदमकुमार श्रेष्ठ र शिवजी लामिछाने लगाएतले बाम गठबन्धनले राष्ट्र र राष्ट्रियताका सवालमा उठाएका एजेण्डालाई मध्यनजर राख्दै बाम गठबन्धनका साझा उमेदवारलाई जिताउन आग्रह गरेका थिए ।

LEAVE A REPLY