पोखरा २६ कार्तिक । मंसिर २१ गते हुने चुनावमा केन्द्रित हुदै उमेदवार सहित नेता तथा कार्यकर्ताहरु अहिले जनताको घरदैलोमा पुगेर मतदाँता भेटघाटमा ब्यस्त देखिन्छन् ।
सवै दलले आ आफना चुनावी एजेण्डा लिएर अगाडी वढेको अवस्थामा बाम गठबन्धनका उमेदवारहरु भने आफुहरु सवैको साझा उमेदवार भएको भन्दै घरदैलोमा पुगी आफनो पक्षमा मत मागेको देखिन्छ । यसैबीच नेकपा एमालेका नेता तथा कास्की क्षेत्र नं. २ का प्रतिनिसधसभा सदस्य उम्मेदवार रविन्द्र अधिकारीले राजनीतिमा थुप्रिएको फोहर सफा गरेर समृद्ध मुलुकको सपना साकार पार्न वाम गठबन्धनको साझा उम्मेदवार बनेको बताउनु भएको छ।
पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै अधिकारीले जनताको बीचमा अस्वस्थ प्रतिस्पर्धी भएर हैन विचारको प्रतिस्पर्धामा उनत्र आव्हान गर्दै शेरबहादुर र रामचन्द्रहरुले आधा दर्जनपटक उम्मेदवार हुँदा केही नबोल्नेले रविन्द्रलाई तीनपटक चुनाव जिताउनु हुँदैन भन्नु दोहोरो मापदण्ड रहेको र यस्तो राजनीति नगर्न सुझाव दिनुभयो ।आफूलाई नेपाली कांगेसका उम्मेदवारले “रविन्द्र दुईपटक चुनाव जितिसक्यो, दुई पटकभन्दा बढी जिताउनु हुँदैन, अब उसलाई हैन मलाई भोट दिनु्” भन्दै गरेको प्रचारप्रति तीब्र आक्रोश व्यक्त गर्नुभएको छ अधिकारीले जतिबेला कांगेसहरुले आफ्ना नेताहरुलाई अब तपाईलाई पुग्यो, अरुलाई पालो दिनुस् भन्न सक्छन् र त्यतिबेला रविन्द्र पनि चुनाव लड्दैन भन्दै आफू राजनीतिमा थुप्रिएको फोहर सफा गरेर समृद्ध मुलुकको सपना साकार पार्न वाम गठबन्धनको साझा उम्मेदवार बनेको बताउनुभयो ।

दिमागको बिष भएको टिप्पणी :अधिकारी
कास्की क्षेत्र नम्बर २ का बाम गठबन्धनका प्रतिनीधि सभाका उम्मेद्वार रबिन्द्र अधिकारीले प्रतिष्पर्धीलाई गाली गर्ने कांग्रेसी उम्मेद्वारको दिमागको बिष भएको टिप्पणी गरेका छन् । कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० भलाममा वडा स्तरीय बाम गठबन्धनको संयुक्त कार्यालयको आइतबार उद्घाटन गर्दै उनले दिमागमा बिष भएका कांग्रेसी उम्मेद्वारहरुले प्रतिष्पर्धीहरुमाथी बिष बमन गरिरहेको बताएका हुन् । कांग्रेसका उम्मेद्वारहरुले पछिल्लो क्रममा गरेका गालीगलौज तथा व्यक्तिगतल लाञ्छनाप्रति जवाफ दिदै उनले भने,‘गाली गर्नेहरुको दिमागमा बिष हुन्छ, उनीहरु त्यहि बिष बमन गरिरहेका छन् ।’

त्याग र कठोर संघर्षबाट मात्रै नेता हुन सकिने भन्दै उम्मेद्वार अधिकारीले कांग्रेसका उम्मेद्वारमा त्यो योग्यता र क्षमता नभएको बताए । पैसामा टिकट किनेर कांग्रेसका उम्मेद्वार भएकाहरुले सबै कुरा पैसा ठानेको आरोप लगाउँदै त्यसरी पैसामा टिकट किनेकाहरु जनताप्रति उत्तरदायी नहुने ठोकुवा गरे ।

कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले किसानमैत्री सरकार निर्माणका लागि बाम गठबन्धनलाई जिताउनुपर्ने बताए । विकासका लागि आफ्नो उम्मेद्वारी भएको बताउँदै उनले वन, जंगल, जल, जमिन र जडिबुटीको सदुपयोगका लागि आफूले नेतृत्व लिने उद्घोष गरे । उनले ग्रामिण विकास आफ्नो प्रमुख प्राथमिकता भएको पनि बताए ।

समानुपातिक उम्मेद्वार सोमनाथ अधिकारी ‘प्यासी’ले कास्की कम्युनिष्टको लालकिल्ला भएको र यसपालीको चुनावपछि बाम गठबन्धनको झण्डा गाडिने घोषणा गरे ।

कास्की क्षेत्र नं २
प्रचारप्रसारका लागि जनताको घरदैलोमा पुगेका क्षेत्र नं २ प्रदेश १ का उम्मेदवार कृष्ण थापाले जनताकै हितमा काम गर्ने उम्मेद्वार विजय हुने बताए । प्रचारप्रसारका लागि पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ पुगेका थापाले जनताले आफुलाई भोट दिएर विजयी बनाउने विश्वा प्रकट गरे । ‘जसले काम गर्छ जनताले उसैलाई भोट दिन्छन्,’ उनले भने, ‘हारजित भनेको जनताकै हातमा हुन्छ ।’
वाम गठवन्धनलाई जनताले स्वागत गरेको भन्दै थापाले जित सुनिश्चित रहेको बताए । ‘वाम गठवन्धनमा जनतालाई पूर्ण विश्वास छ,’ उनले भने, ‘राजनीतिक अस्थिरतालाई यही गठवन्धनले पार लगाउने छ ।’ विगतमा पनि आफ्नो पार्टीले जनताकै लागि काम गर्दै आएको र सोही अनुसार मुल्याङकन पनि भएको थापाले सुनाए । ‘हामी काममा विश्वा गर्छौै,’ उनले भने, ‘कास्कीमा स्थानीय चुनावलेनै देखाएको छ कि जनता कसको पक्षमा छन् भनेर ।’
थापाको प्रदेश निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिकाका ५ वटा वडा रहेका छन् । वडा नम्बर ७, १५, १७, २१ र ३३ छन् । जस अन्तरगत वडा नम्बर ७ मा आइतबार घरदैलो सम्पन्न भएको थापाका सहयोगी रामराज पौडेलले बताए । आइतबार मासबार, रत्नचोक, जनप्रिय टोल, राष्ट्र बैक चोक हुदै मुस्ताङ चोक लगायतका ठाँउमा घरदौलो कार्यक्रम गरिएको सहयोगी पौडेलले बताए ।
आइतबारनै वाम गठवन्धका उम्मेदवारलाई जिताउन भूपु प्रहरी तथा शैनिक संगठन पोखरा–१७ को वैठक सम्पन्न भएको निर्वाचन क्षेत्रीय समन्वय कमिटी कास्की २ प्रदेश १ कार्यालय व्यवस्थापन संयोजक हिरा गिरीले जानकारी दिइन् । संगठनका अध्यक्ष प्रमेबहादुर पराजुलीको अध्यक्षतामा वैठक सम्पन्न भएको थियो । त्यसैगरी सोमबार पोखरा महानगरपालिका वडा नम्बर १५ को कोलपाटनबाट विहानको ७ बजे घरदौलो कार्यक्रम रहेको कार्यालय व्यवस्थापन संयोजक गिरीले बताईन ।
पोखरा,२६ कार्तिक । बामगठबन्धनका साझा उम्मेदवारहरुले प्रतिनिधि सभा कास्की क्षेत्र नं १ अन्र्तगत पोखरा लेखनाथ महानगरपालिका वडा नं १० मा घर दैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

आज बिहान वडा नं १०काृ निर्वाचन परिचालन कार्यलयको उद्धघाटन संगै सुरु भएको कार्यक्रम अन्र्तगत उम्मेदवारहरुले बुद्ध चोक , अमरसिहं चोक , नागिन टोल, रामबजार , हस्पिटल चोक लगायतका स्थानमा पुगेर मत मागेका थिए ।

सयौंको संख्यामा रहेका कार्यकर्ता र सर्मथकहरुका साथमा चुनाबी प्रचारमा रहेका उम्मेदवारहरुले जनताका उचित मागहरुलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कतिपय टोल किास संस्थाले लिखित रुपमै आफ्ना समस्या हरु सुनाएका थिए ।

जनताका माग र अपेक्षा अनुरुप काम गर्ने छौं प्रतिनिधि सभाका उम्मेदवार अधिकारीले भने स् “राजनितिक स्थायित्व संगै कम्युनिष्ट नेतृत्वको सरकारले जनताका सबै माग र अपेक्षालई सम्बोधन गर्दै देशलाई समृद्धिको बाटोमा अगाडि बढाउछ ।”

परिचालन कमिटिको कार्यालय शुभारम्भ

बाम गठबन्धनको चुनावी अभियानका क्रममा पोखरा १० मा निर्वाचन परिचालन कमिटिको कार्यालय शुभारम्भ गरिएको छ । कार्यालयको कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार खगराज अधिकारीले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै अधिकारीले राजनैतिक स्थायित्व, स्थायी सरकार र तीर्व आर्थिक विकासका लागि बाम गठबन्धनका उम्मेदवारहरु विजयी हुनुपर्ने बताए । ‘समृद्ध नेपाल निर्माणका लागि बाम उम्मेदवारको जित आवश्यक छ,’ उनले भने, ‘एमाले र माओवादी केन्द्रको गठबन्धन मुलुकको समृद्धिको अभियान हो ।’
कार्यक्रममा बोल्दै क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा ख का उम्मेदवार मनबहादुर गुरुङले जनताले भोग्नु परेका सम्पूर्ण समस्या समाधान गर्र्न आफू तल्लिन रहने प्रतिबद्धता व्यक्त गरे । ‘निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पुरा गर्न म सधैं लाग्छु,’ उनले भने । चुनाव प्रचार प्रसार समिति पोखरा १० का संयोजक गंगा कुँवरको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव राजु श्रेष्ठले गरेका थिए ।
गठबन्धनका उम्मेदवारहरुले आफ्ना समर्थकहरुको साथमा वडा नं. १० का विभिन्न स्थानमा आइतबार घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलो पश्चात औद्योगिक क्षेत्र र रामबजारमा कोणसभा भएको श्रेष्ठले जानकारी दिए ।
कास्की क्षेत्र नं १
कास्की क्षेत्र नं १ को प्रदेश सभा क का उमेदवार दिपक कोईराला पनि आईतवार दिनभर आफ्ना पक्षमा मत माग्न व्यस्त बन्नुभयो । आफना नेता कार्यकर्ता सहित पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० को विभिन्न ठाउहरुमा पुग्नुभएका कोईरालाले आफना चुनवी एजेण्डा र आगामी दिनमा गर्न सकिने विकास निर्माणका कुराहरु जनतामाझ व्यक्त गर्नुभएको छ ।
स्थानीय नेता तथा कार्यकर्ता सहितको टोलीले शिसुवाचोक, लक्ष्मी आर्दश, खयर खोर,डुडाकेमुख हुदै खुदीसम्म घरदैलो गरि मतदातासँग भेटघाट गरेका छन् ।
घरदैलो सहित चोक चोकमा राखिएको कोणसभा प्रदेश सभाका उमेदवार दिपक कोईराला,नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकारकोमलनाथ बराल,क्षेत्र नं १ क का संयोजक विजयबावु बनवासी,सह सह संयोजक बिनय थापा,कार्यदलका सचिव छविलाल लामिछाने,बामपन्थि नेता टिकाराम पंगेनी,शालिकग्राम पौडेल र मोहन गुरुङ लगाएतले देशको स्थायी सरकार स्थापनाका लागि बाम गठबन्धनका उमेदवारहरुलाई जिताउनु पर्नेमा जोड दिएका थिए ।
संयुक्त भेला सम्मपन्न
आसन्न प्रतिनीधी सभा तथा प्रदेश सभाको चुनावका लागी अन्नपुर्ण गाउँपालीकामा नेकपा एमाले र माओवादी केन्द्रको संयुतm भेला शनिवार सम्मपन्न भएको छ । भेलालाइृ सम्वोधन गर्दे प्रदेश कमिटी सदस्य दिलप विक्रम शाहीले भुमी ,पुजी र प्रविधी सहित उत्पादनका सवै साधानमा नेपाली जनताको न्यायोचित पहुच स्थापीत गर्नका लागी वाम गठ वन्ध गरीएको वताएका थिए ।
उतm भेलाले लक्ष्मी प्रसाद अधिकारीको संयोजकत्वमा एक हजार एकसय एघार निवार्च परीचालन कमिटी समेत निमार्ण गरेको छ । अन्नपुर्ण गाउँपालीकामा रहेका अन्य वडाहरुमा समेत भातृ संगठन हरुको परीचालन कमिटी गठन गरीने छ । कार्यक्रममा माओवादी केन्द्रका धर्म तमु वुधीमान् गुरुङ लगाइतले वाम गठवन्धको आवश्यकता वारे प्रकास पारेका थिए ।
भेलालाले निवार्चन केन्दीत गर्दे आगामी मंसीर १५ गते हुने वृहत चुनावी सभा तथा निवार्चन सफल पार्न कार्यदल समेत गठन गरेको छ । कार्यदलमा गोविन्द अधिकारी,गौरी सुवेदी विष्णु के.सी सुरेन्द्र गुरुङ चुडामणी देवकोटा लक्ष्मी अधिकारी रहेका छन् ।

 

LEAVE A REPLY