पोखरा, भाद्र ११ l बाढी पिडितहरुको सहयोगार्थ नेपाल तरुण दल कास्कीले सांगितिक कार्यक्रम सम्पन्न गरेको छ । लगातारको वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा रहेका बाढी पहिरोमा परी बिस्थापिरु भएकाहरुको लागि राहत स्वरुप एकदिने सांगीतिक कार्यक्रम गरेको हो । सो कार्यक्रम बाट संकलित सम्पूर्ण रकम पिडितको राहतका लागि प्रदान गर्ने भएको छ ।

शनिबार पोखराको मानव अधिकार चोकमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकार कर्ण दास, बिबेक श्रेष्ठ, रामभक्त जोजिजु, बिनोद बानिया, इतु जोजिजू, योगेश काजी, मार्कस दास, चोलेन्द्र पौडेल, नेपाल लोकतान्त्रिक संस्कृतिक संघ कास्की लगाएतको प्रस्तुति रहेको थियो ।

 

LEAVE A REPLY