हेमजा, १७ चैत l ६० औ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पोखरा लेखनाथ महानगर पालिका वडा नं २५ मा अवस्थित मुलपानी कृषि सहकारी संस्था र फेदी बाँसबोट टोल सुधार समितिको संयुक्त आहवानमा आज हेमजाको बाँसवोट चोक देखि फेदी सम्मको क्षेत्रमा सरसफाई तथा सचेतना कार्यक्रम गरिएको छ ।
हेमजा फेदी बाट बाँस्वोट चोक सम्मका प्रत्येक घरधुरीका एक–एक सदस्यहरु अनिवार्य उपस्थित भई, स्थानीय औजारहरुको प्रयोग गरी संकलन गरिएको फोहोर लाई एकैठाँउमा बोरा बोरामा संकलन गरी राखिएको छ । संकलित फोहोरलाई पोखरा लेखनाथ महानगरपालिकाको वातावरण शाखा अन्र्तगत सञ्चालित फोहोर संकलन अभियानलाई जिम्मा लगाई फोहोरको उचित व्यवस्थापन गरिने मुलपानी कृषि सहकारी संस्थाका कोषाध्यक्ष हरि प्रसाद पौडेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY